समाजवादी आधार बनाउन माओवादी केन्द्रद्वारा अगुवा कार्यकर्तालाई गाउँ–गाउँमा प्रशिक्षण
निर्मल बस्नेत
२२ मंसिर, ठुलोसिरुवारी । १० बर्षे शसस्त्र जनयुद्धमा पार्टी स्कुलको काममा हप्तौसम्म कार्यतालिका बनाएर पार्टी स्कुलको काममा लाग्ने गरेको माओवादी पछिल्लो चरण धिमा गतीमा गतिविधि चलाई रहेको थियो । पार्टीको विचारको आधारमा निर्माण भएको कार्यदिशालाई जनतामा जोड्ने शिलशिलामा आन्तरीक संगठन मजबुद बनाउन अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने कार्यको थालनी गरेको छ ।
शान्ति प्रकृयायता सत्ता र सरकारको नेतृत्व धेरै पटक गर्ने अवसर पाएको माओवादी पार्टी आन्तरिक काममा भने त्यति ध्यान दिन सकेको थिएन । माओवादी यतिखेर सरकार बाहिर रहेको छ । बिचार र संगठनको काममा जुट्न प्रशस्त समय पाएको छ । यहि अवसरको सदुपयोग गर्दै शनिबार नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ पार्टी स्कुल विभागको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । समाजवादी व्यवस्थाको लागि सोको आधार बनाउन आफ्ना कार्यकर्ताहरुलाई उक्त प्रशिक्षणको दिएको सो पार्टीले जनाएको छ ।
पार्टीले आयोजाना गरेको प्रशिक्षण कार्यक्रममा जिल्लाका शिर्ष नेताहरुले छुट्टाछुट्टै बिषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा सौन्दर्य शास्त्र बिषयमा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज केशव नेपालले प्रशिक्षित गराएका थिए । त्यस्तै पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सासंद माधव सापकोटा सुबोधले पार्टी समाजवादी कार्यदिशा, पार्टी केन्द्रिय सदस्य एवं पूर्व मन्त्री युवराज दुलालले समाजवादमा विकास योजना, पार्टी वागमती प्रदेश अध्यक्ष एवं वागमति प्रदेश सांसद सरल सहयात्रि पौडेलले संगठन र नेतृत्व, पार्टी बागमती प्रदेश सदस्य गणेश विकले माक्र्सवादी दर्शन र पार्टी विधानको बारेमा बुद्धिजीबी संगठनका जिल्ला अध्यक्ष गोपाल खड्काले प्रशिक्षित गरेको वडा स्कुल विभाग संयोजक राम शरण बिश्वकर्माले जानकारी गराएका छन् ।
प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटा, जिल्ला समिति सदस्य राम प्रसाद गौतम, नगर पार्टी समिति इन्चार्ज उजारसिं तामाङ र नगर पार्टी समिति अध्यक्ष श्याम कृष्ण श्रेष्ठले पार्टी आन्तरिक जीवनलाई मजबुत बनाउनका लागि अगुवा नेता कार्यकर्ताहरुलाई दिशाबोध गराएका थिए ।
पार्टी प्रदेश सदस्य एवं वडा स्कुल विभाग ईन्चार्ज चन्द्र बहादुर धिमालकोटीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । कार्यक्रम सञ्चालक वडा स्कुल विभाग सदस्य तारादेवि रानाले सञ्चालन गरेकी हुन । कार्यक्रममा वडा पार्टी अध्यक्ष नारायण प्रसाद गौतमले शव्दहरुद्धारा स्वागत गरेका थिए ।
वडाका अगुवा कार्यकर्ताहरुको सहभागितामा भएको कार्यक्रम बिहान ७ बजेदेखी साँझ ४ बजेसम्म सञ्चालन भएको माओवादी केन्द्रले जनाएको छ । उक्त कार्यलाई हरेक ठाउँमा निरन्तर अघि बढाउने पार्टीले जानकारी गराएको छ ।