सांसद नै ताते काेदारी लाेकमार्ग खुलाउन, विपद सुल्झाउन बृहत छलफल
१४ असोज २०८१, काठ्माण्डौ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा सुबोधको अग्रसरतामा सरोकारवालाहरुसंग छलफल गरेको छ । असोज १० , ११ र १२ गतेको अविरल बर्षाको कारण बिभिन्न स्थानमा सडक, पुल र अन्य बाटोघाटो अवरुद्ध भएपछि सो समस्या समाधानको लागि सापकोटाले चासो देखाएका हुन् ।
काठमाडौं देखी कोदारीसम्मको अरनिको लोकमार्ग सञ्चालन , नाकामा अलपत्र रहेका सामग्रीहरुको समयमै निकासीलगायतका विषयमा नेपाल हिमालय सिमापार वाणिज्य संघको कार्यालय बुद्दनगरमा सोमबार विहान छलफल भएको सांसद सापकोटाको सचिवालयले जनाएको छ । छलफलमा सांसद सापकोटाले ११ र १२ गतेको बाढी पहिरो पछि सिन्धुपाल्चोको समग्र बस्तुस्थितिबारे जानकारी गराउँदै मूलतः सबै श्रोत साधन परिचालन गरेर जति सक्दो चाँडो अरनिको लोकमार्ग र सहायक सडकहरु सुचारु गर्नु पर्ने धारणा राखेका थिए ।
उनले अरनिको लोकमार्ग सुचारु गर्न तत्काल लार्चामा ह्युम पाईप राखेर अस्थायी मार्ग बनाउने, बेलीब्रिजका लागि पहल लिने, कोदारी क्षेत्र र मुख्य स्थानहरुमा एनटिसि सेवा सुचारु गर्ने, यस विषयमा केन्द्रीत एवं एकतावद्द भएर लागि पर्न आह्वान गरेका छन् । सवैको तर्फबाट सरकारलाई झकझकाउने काममा लाग्नुपर्नेमा जोड दिएका थिएका थिए । सोही काार्याक्रममा सापकोटाले पहिरोका कारण विस्तापित हुन पुगेकाहरुलाई राहत वितरणमा सहयोग गर्न सवैलाई अपिल समेत गरेका छन् ।
छलफलमा बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, माईलि तामाङ, तातोपानी भन्सार प्रमुख कमल भट्टराई, सडक डिभिजन भक्तपुर प्रमुख सुमन योगेश, दोलखा प्रमुख अमित श्रेष्ठ, हिमालय सिमापारका पदाधिकारी एवं सदस्यहरु, नेपाल ट्रक कन्टेनर ढुवानि संघ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका माहासचिव एवं सदस्यहरु, सिल्क ट्रान्स्पोर्ट, आडो ट्रान्स्पोर्टलगायत व्यापारिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।