पर्यटकीय गन्तव्य पहिल्याउँदै सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघ

दिनेश दुलाल
भदौ ११, सुकुटे । सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघले सुकुटे करिडोर अन्र्तगत वरपर रहेका पर्यटकीय गन्तव्यहरुको खोजविन थालेको छ ।
सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र मध्यको ‘सुकुटे’ करिडोर वरपर रहेका पर्यटकीय गन्तव्य पहिल्याउने क्रममा सुकुटे–ठोकर्पा पदमार्ग अभियानको शुभराम्भ थालेको हो ।

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ गठन भएको करिब दुईमहिनाकै बीचमा संघले आफ्ना गतिविधिलाई तिब्रता दिएको छ । ‘सुकुटे’ लाई केन्द्र भाग मानी त्यस आसपास रहेक पर्यटकीय स्थलहरुमा सुकटे आउने पर्यटकलाई त्यहाँसम्म पु¥याउने उद्देश्यले पर्यटकीय गन्तव्य पहिचान गर्ने अभियानको थालनी गरिएको सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोक अध्यक्ष महेन्द्रसिं थापाले सिन्धुज्वालालाई बताए । उनका अनुसार शनिबार संघका पदाधिकारी, होटल तथा रिसोर्ट सञ्चालक सहित दुई दर्जन टोलीले सुकुटे देखि थामडाँडामा रहेको भ्यू टावर देखि ठोकर्पा बाघभैरब सम्मको पैदल यात्रा गरेको थियो ।

सुनकोशी गाउँपालिका वडा नम्बर १ पर्ने उक्त क्षेत्रमा पर्यटकीय गन्तव्य पहिचानका लागि वडा नम्बर १ का वडाले सहजीकरण गरेको थियो । अभियान टोलीलाई स्वागत गर्दै पैदल यात्राको नेतृत्व गरेका वडा अध्यक्ष कुमार शाहीले ठोकर्पामा रहेका एकदर्जन पर्यटकीय गन्तव्य मध्येको केही स्थानको अवलोकन भ्रमण गरिएको बताए । उनका अनुसार टोलीद्वारा बाघभैरबमा रहेको एक एक पाईला अस्पतालबाट पैदल यात्रा थालनी गरी सितापाईला–थामडाँडा पैदल यात्रा गरिएको थियो । उक्त पदमार्ग ठोकर्पामा रहेको विश्वको पहिलो सामुदायिक वन छिचोल्नुपर्छ ।
त्रेता युगकी सीता सोही मार्ग हुँदै कैलाशपर्व पुगेको किमदन्ती छ । सिताको पाईला रहेको स्थानमा मन्दिर छ ।

अन्तरास्ट्रिय वन अध्ययन केन्द्र पदमार्ग सामुदायिक वन हुँँदै थामडाँडा सम्म ६०० मिटर ढुंगा कुँदेर ग्रेटट्रेल शैलीको पदमार्ग निर्माण गरिएको छ । बन्न बाँकी रहेको ३ किलेमिटर पदमार्ग सामुदायिक जंगल हुँदै भ्यु टावर सम्मको सिँढिको काम आफ्नो कार्यकालभर पुरा गर्ने वडाअध्यक्ष शाहीले बताए ।

सुकुटे बास बसेर घुम्न आउने पर्यटकहरुलाई ठोकर्पाको मिलडाँडा, बुद्वपार्क पार्क, भ्यु टावर हुँदै चमेरो गुफा सम्म पुग्न सकिने उनले बताए । त्यस्तै ठोकर्पामा रहेको सिन्धुपाल्चोक काभ्रे जोड्ने जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल, तित्रे महाङ्काल मन्दिर, वाघभैरव, भैसेखोला, अक्करे भिरमा रहेको बोल्ने पहरो, जामुने पहरि बस्ति आदि सो क्षेत्रको पर्यटकीय स्थलहरु रहेको उनले जानकारी दिए ।

पर्यट व्यवसायी संघले पहिलोपटक आफ्नो वडाभरीको पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरेको उनले पर्यटन व्यवसायीहरुलाई धन्यवाद समेत दिए । ठोकर्पा लगाएत सुकुटेबाट नजिक चौतारा साँगाचोकगढी नगरपालिका भित्र पर्ने कोटगढी, रानीपोखरी, भुतछाँगा, गौराती भिमेश्वरको मन्दिर, हर्लङबर्लङ हुँदै ओखरिनी सम्मको पदयात्रा आगमी दिन गर्दै जाने संघको योजना रहेको संघका सचिव कृष्ण सापकोटाले जानकारी दिए । ति क्षेत्रहरुमा पर्यटकका लागि साईकलिङ यात्रा, हाईकिङ, प्याराग्लाईडिङ लगाएत साहसिक खेलहरुको सम्भाव्य अध्ययन समेत भईरहेको उपाध्यक्ष अन्जान खड्काले बताए ।