
बाढीले खागदलको पुल बगाएपछि सर्वसाधारणलाई सास्ती

सिन्धुपाल्चोक, साउन २ गते । असार ३१ गतेको बाढीले बाह्रबिसे नगरपालिका–३ स्थित खाग्दल खोलाको बेलिबिज्र बगाएको छ । बेलिबिज्र बगाएपछि तातोपानी–बाह्रबिसे सडक खण्ड पूर्ण रुपमा बन्द भएको छ ।
यसअघि पुल रहेको स्थान
अरनिको लोकमार्ग अन्र्तगत बाह्रबिसेको खागदल खोला पुल बगाएपछि सर्वसाधारणलाई आवतजावतमा समेत कठिनायी भएको छ ।
सर्वसाधारणको लागि आवातजावत गर्नको लागि १ गते बनाएको फड्के बगाउँदा सर्वसाधरणलाई हिँडडुल गर्न समेत कठिनायी भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक देवेन्द्र जोशीले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार अस्थायी फड्के समेत बगाउँदा जम्बु, बसेरी, नागपुजे, नयाँपुल, चाकु, हिन्दी तथा तातोपानी बोर्डर सम्मका बासीन्दालाई खाद्यन्नको अभाव हुने भएको छ । बाह्रबिसे नगरपालिकाका राम्चे हुँदै जम्बु निस्कन बेलेरो गाडीका लागि बैकल्पिक बाटो भएपनि त्यति सहज नभएको प्रहरी निरिक्षक जोशी बताउँछन् ।
स्मरण रहोस ४ बर्ष अघि यो क्षेत्रमा बाढीले बाह्रबिसे बजारमा रहेको साँधीखोला पुल पूर्ण रुपमा क्षति भएको थियो भने खाकदल खोला पुलमा क्षति पुगेको थियो ।
क्षति पुगेको खागदल खोलाको पुललाई मर्मत गरी सञ्चालनमा ल्याईएको करिब ४ बर्ष पछि असार ३१ गते रातीको बाढीले बगाएको हो ।
यसैबीच आज नै जिल्ला विपद व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बाह्रबिसेको खाकदल पुल लगाएत क्षति भएका भौतिक संरचनाको निर्माण तथा खाद्यन्न, राहत सामाग्री लगाएत विपद व्यवस्थापनको तयारीका सन्दर्भमा बैठक बस्न बाह्रबिसे नगरपालिकालाई समेत बोलाईएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए । बाढीले खागदल खोलाको पुल पूर्ण रुपमा क्षति पु¥याएपछि तत्कालका लागि हिमपाईप राखेर सडकलाई सुचारु गरिने उनले बताए ।