नेपाल सितोरियो सोबुुकान कराते संघ गठन, अध्यक्षमा गौतम

निर्मल बस्नेत
१ श्रावण ,चौतारा । कराते खेल क्षेत्रको बिकास गर्ने उदेश्यले नेपाल सितोरियो सोबुुकान कराते डोजो संघ सिन्धुपाल्चोक जिल्ला शाखा मंगलवार गठन गरिएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बसेको खेलप्रेमीहरुको भेलाले कराते डो संघ शाखा गठन गरिएको हो । भेलाले सुवास गौतमको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालको प्रमुख आतिथ्यता, करोते महासंघ सिन्धुपाल्चोकका अध्यक्ष एवं एशियन रेफ्रि गंगालाल श्रेष्ठ र वागमती प्रदेश खेलकुद परिषद सदस्य निराजन थापा मगरको उपस्थितीमा बसेको सो समितिका उपाध्यक्षमा बिष्णु श्रेष्ठ,सचिवमा नवराज बराल र सहसचिवमा आयुष पण्डित र कोषाध्यक्षमा अस्मिता श्रेष्ठ चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा,अर्जुन रोक्का,सुजन श्रेष्ठ,गोपाल बराल,निर्जना श्रेष्ठ,गायत्री पराजुली,रोजन श्रेष्ठ,रोजन राना,राजेन्द्र बस्नेत र साधना बञ्जरा चयन भएका छन् ।

यस्तै भेलाले एक सदस्य पछि थप गर्ने गरी पाँच सदस्यीय सल्लाहाकार समिति पनि गठन गरिएको छ । खेल सल्लाहकारमा सिपी दुलाल,सागर परियारलाई बनाईको छ भने कानूनी सल्लाहाकारमा मोहनराज गिरी र सञ्चार सल्लाहाकारमा टीका दाहाल निर्वाचित भएका छन् ।

नवगठित समिति र सल्लाहकारहरुलाई जिल्ला खेलकुद समितिका अध्यक्ष रामकृष्ण दंगाल र कराँते महासंघ सिन्धुपाल्चोकका अध्यक्ष गंगालाल श्रेष्ठले अबिर खादा लगाएर सम्मान गरेका थिए ।