पाँचपोखरी पिक र युवा पिक हिमालको पहिलो आरोहण सम्पन्न

थाङपालधाप । पाँचपोखरी पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका सम्पन्न भएको छ । अध्ययन टोली ग्यान्जेङ गुम्बा लाङटाङ आईपुगेको पाँचपोखरी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार टोलीले मंसिर २६ गते सुक्रबार १२ बजेर २६ मिनेटमा युवा पिक आरोहण पहिलोपटक गरेको हो । माया गुरुङको नेतृत्वमा ६ जनाको आरोहि टोलि र २ जना माउन्टेन गाईडले ५ हजार ३ सय मिटरको तिलमान पास पाँचपोखरी पिक र ५ हजार ५ सय ५६ मिटरको युवा पिकको पहिलो आरोहरण पुरा गरेको छ । मौसम अनुकुल रहेको कारण पहिलो यात्रा गरेको गाउँपालिकामा अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए । उनका अनुसार आईतबार ३ हजार ८ सय मिटरको उचाईमा फर्किएको टोलि मंगलबार काठमाडौ आईपुगेको छ । सगरमाथा अरोही माया गुरुङको नेतृत्वमा, आरोही कान्छीमाया स्याङबो तामाङ, दावा शेर्पा, युवा नेता सोमार बोम्जन, मिलान तामाङ, ३ नं वडा अध्यक्ष ङिमा छिरिङ तामाङ सहित ८ जनाको टोलिले यात्रा पुरा गरेको छ ।
पर्यटन प्रबर्द्धन तथा स्थानीय तहको विकासको पहिचानलाई आधार गन्तव्य पहिल्याउदै पाँचपोखरी थाङपाल गाउँपालिकाले तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल अरोहणका निमित्त अरोहण टोलीलाई मंसिर १९ गते विदाई गरीएको थियो ।
यो अध्ययन भ्रमणले पाँचपोखरीलाई धार्मिक तथा तथा सांस्कृतिकरूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिका अध्यक्ष टासी लामाको भनाइ छ । काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य रहेको र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास पाँचपोखरी थाङपाल गाउँपालिकासँग जोडिएको छ । साहसिक पदमार्गका लागि तिलमनपासलाई महत्वपूर्ण मानिन्छ ।