सुमित्राले गरिन कमाल, भक्तपुर अस्पताल देशकै उत्कृष्ट प्रादेशिक अस्पताल बन्न सफल

जेष्ठ २४, भक्तपुर । भक्तपुर अस्पतालकी सुपरिटेन्डेन्ट डा. सुमित्रा गाैतम हुन जसलाई बागमति प्रदेशका तत्कालिन सामाजिक विकासमन्त्री युवाराज दुलाले भक्तपुर अस्पतालकाे जिम्मेवारी दिएका थिए ।

उनी उक्त अस्पतालकाे सुपरिटेन्डेन्ट भएर त्याहाँ पुगेसंगै अस्पतालकाे मुहार नै फेरियाे । उनकै पालामा उक्त अस्पताल बागमति प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल समेत भयाे । सेवाग्राही देखि कर्मचारी समेत निकै खुशी भए । यद्यपि त्याे खुशी धेरै दिन टिक्न सकेन अर्थात तत्कालिन स्वास्थ्यमन्त्री माेहनबहादुर बस्नेतले सुमित्राकाे प्रगतिलाई देख्न सकेनन् ।
स्वास्थ्य क्षेत्रमा बसेर माेटाे कमिशन खान पल्केकाहरूले डा. सुमित्रालाई देख्न सकेका थिएनन । झुट्टा विवरण सुनाएर स्वास्थ्यमन्त्रीबाट उनी त्याहाँबाट अन्य जिल्लामा लखेटिन ।

आफूले त्याहाँ अधुराे काम गर्न बाँकी रहेकाे भन्दै जान अस्विकार गरेर कति दिन त सरूवा गरेकाे ठाउँमा गईनन तर उनकाे सुनुवाई नै भएन । आखिर भक्तपुर छाेड्न वाध्य भईन । उनले अस्पताल छाेडेपछि अस्पताल क्रमशः खस्कदै गयाे । अस्पतालकाे व्यवस्थापनकाे लापरवाहीका कारणा अस्पताल प्रशासन समेत लथालिङ्ग मात्रै भएन । अस्पतालले राम्राे सेवा दिन नसक्दा बदनामित हुनपुग्याे । झण्डै एकबर्ष अस्पतालले दुरगति व्यहाेर्याे । अस्पताल कांग्रेसकाे भर्तिकेन्द्र बन्याे ।

सरकार परिवर्तन भएपछि स्वास्थ मन्त्री बनेका बस्नेतकाे पद खुस्कियाे । नयाँ गठबन्धनकाे सरकार बनेपछि बनेका स्वास्थ मन्त्रीले पुनः डा. समित्रालाई साेही अस्पतालमा पुनर्स्थापित गरेपछि उनलेे रफ्तारमा अस्पताललाई सुधार गरिन । अस्पताल सहकर्मीले समेत उनलाई राम्राे साथ दिए । तब त याे अस्पताल यसबर्ष नेपालकै प्रादेशिक अस्पताल मध्य प्रथम हुन सफल भएकाेे छ ।

उसाेत विसं २०७७ साउन २५ गते सङ्घीय मन्त्रालयको निर्णयअनुसार एक सय नौ शय्या थप गरी यो अस्पताल दुई सय नौ शय्या सञ्चालनका लागि स्वीकृति प्राप्त भई कोभिड–१९ को महामारीकै समयमा कोरोनाको उपचार, अक्सिजन प्लान्ट सञ्चालनदेखि आइसीयूमा रहेका बिरामी कुरुवा घरसमेत निर्माण भयो ।

कुरुवा घर, सुन्दर बगैँचा, बिरामी र आफन्त बस्ने विश्रामस्थललगायतका संरचना निर्माण हुँदा अस्पतालप्रति बिरामीको र कुरुवाले ठूलै राहत महसुस गरे । निजी अस्पतालको भर परेका बिरामीसमेत यहाँ आउन थालेपछि बहिरङ्गतर्फ दैनिक तीन सय बिरामी आउने अस्पतालमा दैनिक आठ सय बिरामीको चाप पुगेको छ ।

‘रिफरल सेन्टर’का रूपमा परिचित भक्तपुर अस्पताल गुणस्तरीय सेवाका कारण सरकारको मूल्याङ्कनमा पहिलोपटक बागमती प्रदेशको उत्कृष्ट अस्पताल घोषणा हुन सफल भयो । अहिले बागमती प्रदेश सरकारले यस अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरी एक हजार छ सय ६९ जना (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले यसै आर्थिक वर्षमा खरिद गर्ने गरी करिब रु आठ करोड मूल्यको सिटी स्क्यान मेसिन खरिद गर्ने भएको छ । अस्पतालकी निर्देशक डा.गौतम अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताउँछिन् । अहिले अस्पतालमा दूरबिन प्रविधिबाट शल्यक्रिया, अल्जाइमर्स, सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा, पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवालगायत विभिन्न सेवा विस्तार भएको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएर औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानुनी सेवासमेत दिने व्यवस्था गरेको निर्देशक डा.गौतम बताउँछिन् ।

अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याएको हो । साथै विभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरूको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस् भनेर गरिने भिडियो एक्सरे अर्थात् एनोमली स्क्यान र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ ।

दुई वर्षमा अस्पतालको मुहार फेरेपछि दैनिक दुई सय ५० देखि तीन सय बिरामीको उपचारमा आउने यस अस्पतालमा अहिले दैनिक आठ सयभन्दा बढी बिरामी आउने गरेका छन् । अस्पतालको सेवा खस्किएको भन्दै चौतर्फी आलोचना भएपछि पुनः २०७९ भदौ २९ गते भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा काज सरुवा भएर आफू आएपछि बन्द भएका बच्चाको आइसीयू, एनआइसीयूलगायत बिभिन्न सेवाहरु सञ्चालन गरी प्रसूति सेवालाई समेत गुणस्तरीय बनाएपछि सरकारको मूल्याङ्कनमा पुन ९८ दशमलव सात प्रतिशत अङ्क ल्याएर सातै प्रदेशका प्रदेशस्तरीय अस्पतालमध्ये उत्कृष्ट अस्पतालको पहिचान बनाउन सफल भएको उनले बताइन् । ्
अस्पतालकी निर्देशक डा.गौतमले आफ्नो योजना, विकास समिति, सबै डाक्टर, नर्स, कर्मचारीको अथक प्रयास र सेवा सुधारले आफ्नै कार्यकालमा पहिलोपटक २०७७ मा ७४ अङ्क, २०७८ मा ८४ अङ्क ल्याउन सफल हुँदै पहिलो अस्पताल र २०८० को मूल्याङ्कनमा ९७ अङ्क र यस वर्ष ९८ अङ्क आएर देशकै उत्कृष्ट अस्पताल बनेकामा आफूलाई खुसी लागेको बताइन् । अस्पतालका निर्देशक डा.गौतमको लगनशीलता, सेवामा गुणस्तरीयता र कर्मचारीको भरपर्दो साथले यसवर्ष पनि उत्कृष्ट अस्पताल घोषणा भएको भन्दै अस्पताल व्यवस्थापन समिति, अस्पताल कर्मचारी तथा सेवग्राही समेत दंग परेका छन्