चौसागढी नगरपालिकाद्धारा प्रधानमन्त्रीलाई १७ लाखको चेक हस्तान्तरण
मंसिर ७, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १७ लाखको चेक हस्तान्तरण गरेका छन् ।
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुको लागी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले ‘प्रचण्ड’ लाई बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी १७ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण गर्न नगरप्रमुख सापकोटा सहित उपप्रमुख सीता थापा र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसी लगाएत टोलि पुगको नगर प्रमुख सचिवालय सदस्य रमेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले भूकम्पबाट प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने यस अघिनै कार्यपालिकाको वैठकद्वारा निर्णय गरे अनुसार उक्त चेक हस्तान्तरण गरिएको हो ।
जाजरकोट केन्द्रबिन्दु भइ गएको भुकम्पका कारण सबैभन्दा धेरै जाजरकोट र रुकुम पश्चिम प्रभावित बनेको थियो । भुकम्पका कारण १५७ जनाको मृत्यू भईसकेको छ भने चिसोको कारण हालसम्म ९ जनाको ज्यान गईसकेको छ ।

