अध्यक्ष पदमा होमनारायण, चार पदाधिकारी सहित दुईतिहाई सदस्य नेपाल प्यानल विजयी

निर्मल बस्नेत
२० चैत्र (२०८०) चाैतारा । नेकपा एमाले सिन्धुपाल्चोकको १० औँ जिल्ला अधिबेशनको निर्वाचनबाट अध्यक्षमा होमनारायण श्रेष्ठ बिजयी भएको छन् । अध्यक्ष श्रेष्ठले उनका प्रतिस्पर्धिी कमल नेपाललाई १४ मतले पछि पार्दै बिजयी भएका हुन् । श्रेक्ष्ठले ३६३ मत पाउँदा नेपालले ३४९ मत मात्र प्राप्त गरेका छन् । नेपाल अध्यक्ष पदमा पराजित भएपनि ४ पदाधिकारी सहित दुईतिहाई सदस्य पद उनकाे प्यानलले जित हाँसिल गर्न सफल भएकाे छ ।

चैत्र १६ गदेदेखी सञ्चालिन अधिबेशनमा जिल्ला समितिको लागि १९ गते निर्वाचन भएको थियो । आगामी ३ बर्षे कार्यकालको लागि भएको निर्वाचनमा जिल्लाभरका ७ सय ४८ जना प्रतिनीधिहरु रहेकोमा ७ सय २३ जनाले मतदान प्रकृयामा भाग लिएका थिए । निर्वाचनपछिको मतपरिणममा उपाध्यक्षमा अर्जुन भण्डारी, सचिवमा कृष्णगोपाल तामाङ, सहसचिवमा शिवहरी सापकोटा र महिला सचिवमा सुशिला पाख्रीन बिजयी भएका छन् ।

उपाध्यक्षमा अर्जुन भण्डारीले ३४५ मत प्राप्त गरेर जित्दा उनका प्रतिस्पर्धी बिष्णुमणी आचार्यले ३०७ मत पाए । सचिव पदमा कृष्णगोपाल तामाङले ४०३ मत प्राप्त गरेर जित्दा उनका प्रतिस्पर्धी यज्ञराज सापकोटाले २७० मत पाए । सहसचिबमा शिवहरी सापकोटाले ३३६ मत पाएर जित हासिल गर्दा उनका प्रतिस्पर्धी विजयकृष्ण श्रेष्ठले ३१३ मत प्राप्त गरे । त्यस्तै महिला सचिवमा शुसिला पाख्रीनले ४५६ पपुलर मत प्राप्त गरेर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शोभा कार्कीले २०८ मत मात्र पाएर पराजित बनिन ।

त्यसैगरी बिभिन्न क्षेत्रबाट निर्वाचित ३९ सदस्य निर्वाचित भएकाे निर्वाचन समितिले जानकारी दिएकाे छ । अध्यक्ष पदमा १४ मतले कमल नेपाल पराजित भएपनि उनकाेे प्यानलबाट कार्यसमिति सदस्य देखि पदाधिकारी सम्मकाले जित हाँसिल गरेका छन् ।

त्यस्तै नेपाल र श्रेष्ठकाे दुवै प्यानलमा नपरिकन पनि ४० बर्ष मुनि सदस्य अन्यबाट जुगल गाउँपालिका लक्ष्मण सिलवाल १ सय ८१ मत पाएर बिजयी भएका छन् । निर्वाचित हुनेहरु मध्ये ४० बर्ष मुनि सदस्य खुलाबाट राेशनी तामाङले सर्वाधिक मत ४ सय ६४ र पुरुषतर्फ भुगाेल सदस्य खुलाबाट चाैताराका शिव श्रेष्ठले ३ सय ७१ मत पाएर लाेकप्रियता छाएका छन् ।