एमाले सिन्धुपाल्चोक अधिवेशन ः अझै सुरु हुन सकेन निर्वाचन प्रक्रिया

चैत्र १८, चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनको चुनावी प्रक्रिया लम्बिएको छ । चैत १६ गते उदघाटन सत्र सकेर १७ गते बन्द सत्र सकिए आईतबार ३ बजे सम्म मतदान प्रक्रिया सुरु नभएको एमाले निकट पत्रकार संगठन प्रेस चौतारीका जिल्ला अधयक्ष विदुर आचार्यले जानकारी दिए । उनका अनुसार बत्ती नभएको भन्दै चुनावी प्रक्रिया भने लम्बिएको हो । हिजो दिउसो आएको हावा हुण्डरी र चट्याङका कारण सिन्धुपाल्चोक सदरमुकाम आसपास बत्ती अवरुद्व छ । उम्मेदवारी दिएकाहरुको दावी विरोध प्रक्रिया चलिरहेको अन्तिम नामावली आज दिउसो २ बजे प्रकाशन गरेर ३ बजेपछि मात्रै ातदान प्रक्रिया सुरु हुने आचार्यले बताए । १६ देखि १८ सम्म दिन अधिवेशन भनिएपनि मतगणना लगाएतको कार्यले १९ गतेसम्म थप एकदिन बढ्ने भएको छ ।

बत्तीका कारण भनिए पनि उम्मेदवार संख्या आंकलन गरिएभन्दा धेरै भएकोले उम्मेदवारी फर्ता गराउने प्रयासमा शिर्ष नेताहरु लागेपछि ढिला भएको हुन सक्ने एमालेकै कार्यकर्ता बताउँछन् । नेतृत्व तहलाई उम्मेदवार धेरै भएपछि व्यवस्थापन मिलाउनै हम्मेहम्मे परेको हो । अध्यक्ष मण्डलको संयोजकमा शारदा प्रसाद सापकोटा रहेका छन् ।

सिन्धुपाल्चोक एमाले अध्यक्ष बन्न ३ जनाको जनाले उम्मेदवारी परेको छ । जसमा निवर्तमान अध्यक्ष कमल नेपाल, जुगल गाउँपालिकाका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठ र यस अघिका जिल्ला कमिटि सदस्य बादल तामाङ रहेका छन् । त्यस्तै उपाध्यक्षमा सुदनराज गिरी, जराबहादुर तामाङ, अर्जुन कुमार भण्डारी र विष्णुमणी आचार्य गरी ४ जनाको परेको छ । त्यस्तै सचिवमा यज्ञराज सापकोटा, कृष्णगोपाल तामाङ, सोमर बम्जन र विष्णु लामाले दिएका छन् । त्यस्तै उपसचिवमा राजकुमार सुवेदी, शिवहरी सापकोटा, डबले लामा, विजयकृष्ण श्रेष्ठ, पुस्करप्रसाद धिताल, निर्मल कुमार बन्जरा, सरस्वती अधिकारी, सुशिला पाख्रिन र शोभा कार्की रहेका छन् । त्यस्तै सदस्यहरुमा खुल्ला भुगोल र भुगोल गरेर १ सय ५० भन्दा माथि उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ ।

को कति बलियो ?
तत्कालीन माधव कुमार नेपाल एमालेमै रहँदा जिल्लामा नेपाल पक्ष बलियो देखिएको थियो । अहिले त्यसलाई १० बुँदे पक्षधर भनिन्छ । उक्त पक्षधर अहिले पनि मजबुत रहेको स्रोत बताउँछ । त्यो पक्षधरका कमल नेपाल मानिन्छन् र उसो त पार्टीभित्र ईमान्दारीताको आफ्नै छबी बनाएका नेपालको स्वत ः जित हुने स्रोतको दावी छ । केन्द्रमा केपी ओली बलियो हुँदै गर्दा जिल्लामा पनि उनी निकटकाहरू बलिया देखिएका छन् ।

नेपाल पक्षमा अमृत बोहोरा, अरुण नेपाल, सुवास कर्माचार्य, डम्बर बहादुर अर्याल, निम्फुन्जो शेर्पा लगाएत नेपाल पक्षमा नै छन् । पहिला यो पक्षधरमा रहेका तामाङ अहिले अध्यक्ष ओलीनिकट देखिएका छन् । अवसरमा नाममा पार्टीमा विवादमा रहँदा यताउता गरेको उनीमाथि आरोप छ । माओवादीबाट गएका दावा तामाङको भने खासै खुलेको छैन ।

तर उनी लगाएत सरेश नेपाल, बालकृष्ण देउजा, हस्त पण्डित होम नारायण होमनारायण पक्षधर देखिएका छन् । मत परिणामका आधारमा जिल्लामा अहिले पनि तत्कालीन नेपाल पक्ष बलियो भएको स्रोतको दावी छ । जिल्लामा अहिले पनि १० बुँदे पक्षधरहरू बलियो देखिएको र निर्वाचन गर्दा उनीहरू आउने भय ओली पक्षकालाई छ । अध्यक्षका अर्का दावेदार बादल तामाङको परेपनि उनले कमल नेपाललाई नै सहयोग गर्न सक्ने जानकारहरु बताउँछन् । अध्यक्ष पदका लागि त्रिपक्षी भिडन्त नभई दुई पक्षीय भिडन्त हुने सम्भावना रहेको उनीहरुको भनाई छ ।