सिन्धुपालचोक उद्योग वाणिज्य संघको सदस्यको मत गणना सम्मन्न, उमेशको पपुलर मत
निर्मल बस्नेत
११ चैत्र २०८०), बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको शनिबार भएको मतदानमा सदस्य तर्फ मतदान सम्पन्न भएको छ । शनिबार राती १० बजे शुरु भएको मतगणना बिहान ४ बजे सम्पन्न भएको हो ।
१९२३ मत खसेकोमा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले सबैभन्दा बढी मत ल्याएका छन् । उनले १३१८ मत प्राप्त गरेर बिजयी भएका हुन् । त्यस्तै अशोक कुमार श्रेष्ठ १२५४, गणेश नेपाल ११४७, अम्बरबहादुर श्रेष्ठ ११३८, राजकुमार बस्नेतले ११२२ मत प्रप्त गरेर विजय बनेका छन् । यसैगरी सुरज तिमिल्सिना ११०७, चेङ्गा शेर्पा ११००, कुमार थापा १०३९, शुशान्त भट्टराई १०३६, प्रकाश पौडेल ९८२, उद्वब ९६९, मणिकलाल श्रेष्ठ ९६८, दावा ग्याल्जेन शेर्पा ९६७, ईश्वर खत्री ९५९ र दलबहादुर रुम्बाले ९५७ मत प्राप्त गरेर विजय बनेका छन् ।
सदस्य पदका खुल्ला १५ आवश्यक पर्नेमा २९ उम्मेदवारले प्रतिश्पर्धा गरेका थिए । दुई महिला सदस्य भने यस अघि नै सर्वसहमत निर्वाचित भईसकेका छन् । यसैबीच अध्यक्ष लगाएत पदाधिकारीको भने आज आईतबार ११ बजेबाट मतगणना सुरु गरिने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जानकारी दिएको छ । संघको निर्वाचन समितिका अनुसार पदाधिकारीमा संघको ११ औं अधिवेशनमा त्रिपक्षीय भिडन्त हुने भएको थियो ।
अध्यक्ष पदमा बुद्धराज बस्नेत, शम्भुबहादुर तिमिल्सिना र सुमन खत्रीको प्रतिश्पर्धा रहेको थियो । निर्वाचन अधिकृत संघको निर्वाचन अधिकृत भिमप्रसाद पौडेलका अनुसार ५ गते भएको मनोनयन दर्ताका क्रममा ४ पदाधिकारी तथा दुई महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । जसमा प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्ष बिचारी पराजुली, महासचिव ईश्वर गुभाजू र सहकोषाध्यक्ष उद्वव पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्य पदमा कल्याणी घिसिङ र चमेली श्रेष्ठको उम्मेदवारी परेकोमा दुवैजना निर्विरोध निर्वाचित भएका छन् ।
बाँकी ४० जनाको मतदान प्रक्रियाबाट निर्वाचित हुनेछन् । जसमा बरिष्ठ एक पदका लागि उमेश प्रधान, विदुरप्रसाद पराजुली र सूर्यबहादुर कार्कीको उम्मेदवारी परेको छ । त्यस्तै द्वितीय उपाध्यक्ष एक पदका लागि ईन्द्रबहादर राउत र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै सचिब पदका लागि तिर्थराज पौडेल र मोहनभक्त श्रेष्ठको उम्मेदवारी परेको थियो । पदाधिकारीहरुको मतगणा ४ बजे सम्म सक्नेगरी तयारी गरिएको निर्वाचन अधिकृत पौडेलको भनाई छ ।