बछलादेवी माविमा शैक्षिक प्रदर्शनी मेला सम्पन्न
दिनेश दुलाल
माघ २३, बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा रहेको बछलादेवी माध्यामिक विद्यालयमा शैक्षिक प्रर्दशनी मेला सम्पन्न भएको छ । वडा स्तररीय प्रध्यानध्यापक समाजको आयोजनामा शैक्षिक प्रदर्शनी मेला सम्पन्न भएको हो । वडा भित्रका माध्यमिक र आधारभूत तहका ९ विद्यालयको मेलामा सहभागिता रहेको आयोजकले जनाएको छ ।
सोमबार भएको मेलामा विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्री, विभिन्न आकार प्रकारका वस्तुहरु, चित्रकलाको स्टल प्रदर्शनीका लागि राखिएको थियो । शैक्षिक प्रदर्शनी मेलाले विद्यार्थीहरुको रचनात्मक सिर्जना, बौद्विक क्षमता र ज्ञान अनि सिपको विकासमा थप टेवा पुग्ने अवलोकनकर्ताहरुले बताए ।
विद्यार्थीहरुका लागि रचनात्मक र सिर्जनात्मक ढंगका कृयाकलाप प्रयोगात्मक रुपमा निर्माण गरि आम दर्शक सामु प्रस्तुत गर्ने सुनौलो अवसर शैक्षिक प्रदर्शनी मेला भएको वडा नम्बर ७ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ङिमा शेर्पाले प्रतिक्रिया दिए ।
समग्र वडाको शैक्षिक सुधारको लागि बालबालिकाहरुद्वारा गरिएको शैक्षिक मेला प्रर्दशनीले कोसेढुंगा सावित गरेको वडाअध्यक्ष शेर्पाको भनाई छ । शैक्षिक क्षेत्रको सुधार गर्नको लागि वडा भरीको प्रध्यानध्यापक समाज गठन गरेर कार्यक्रम आयोजना गरिएको बताए । शैक्षिक प्रर्दशनीले शिक्षा क्षेत्रमा टेवा पुग्ने उनको ठहर छ । यसबर्ष देखि सुरुवात गरिएको जानकारी दिंदै उनले आगमी बर्ष बालबालिकाहरुलाई प्रतिश्पर्धा नै गराएर अझै व्यवस्थित तरिकाले शैक्षिक प्रर्दशनी कार्यक्रम आयोजना गरिने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विक्रम थापाले प्रत्येक विद्यालयका शिक्षकहरुले आफ्ना विद्याधर्थीहरुलाई सिकाईरहेका कुराहरुलाई विद्यार्थीहरुले कलात्मक ढंगबाट प्रर्दशनी गरिएकोमा आफू प्रफुलित भएको बताए । यो कार्यक्रमलाई वर्षेनी गर्न आवश्यक रहेको बताउँदै नगरस्तरीय गर्न पर्ने उनको जोड छ । बछला देवी माविका पूर्व अध्यक्ष रेशम प्रधानले विद्यार्थीहरुले विभिन्न कला कौशलले स्टलहरुमा देखाईएको प्रर्दशनीले आफू निकै उत्साहित भएको प्रतिक्रिया दिए ।
वडा स्तरीय विद्यालय प्रध्यानध्यापक समाजले आयोजना गरेको उक्त शैक्षिक प्रर्दशनीमा वडा नम्बर ७ भरीका आधारभूत र मावि विद्यालय गरी ९ विद्यालयका बालबालिकाहरुले शैक्षिक प्रर्दशनी राखेको बछलादेवी माध्यामिक विद्यालयका प्रध्यानध्यापक बजिरसिं भण्डारीले जानकारी दिए । उनका अनुसार नागपुजेमा रहेको बछलादेवी माविमा आयोजना गरिएको उक्त प्रर्दशनीको खर्च व्यवस्थापन भने ७ नम्बर वडाले गरेको हो । बालबालिकाहरुले ४८ वटा स्टल राखेर शैक्षिक प्रर्दशनी राखेका थिए । बालबालिकाहरुको कला सीप र क्षमतालाई उजगार गर्नको निम्ति आयोजना गरिएको शैक्षिक प्रर्दशनी उत्कृष्ट भएको प्रध्यानध्यापक समाजका अध्यक्ष समेत रहेका प्रअ भण्डारीले प्रतिक्रिया दिए ।
प्रर्दशनमा सहभागी छात्रा सुशिला तामाङले शैक्षि मेला प्रर्दशनी आफूहरुले पढ्ने, सिक्ने क्षमतामा वृद्वि भएको प्रतिक्रिया दिईन । प्रर्दशनी मेलामा सहभागी उक्तेन लामाले यो प्रर्दशनी निकै राम्रो लागेकाले अभिभाकको बाक्लो उपस्थिति गराएर निरन्तरता दिनपर्ने बताए ।
मेलामा जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधीहरु, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । मेलामा विद्यार्थीहरुले कृषि उत्पादन, विभिन्न भौतिक पूर्वाधार, स्मार्ट सिटी, रिसोर्ट, आ(आफना विद्यालय, विभिन्न प्राविधियुक्त उपकरण, नेपालको नक्सा, रङगी विरङगी फूलहरु, विद्युतिय मोटर, पंखा, ईलक्ट्रिक बस लगायतका सयौं वस्तुहरु प्रदर्शनीका लागि ल्याएका थिए ।
विद्यार्थीहरुले आफना प्रतिभाहरु प्रस्तुत गर्न पाउँदा खुसीसमेत व्यक्त गरेका छन् । शैक्षिक प्रर्दशनी मेलामा उत्कृष्ट प्रर्दशन गरेका बछला मावि कक्षा ११ का सुविन विकलाई नगदले पुरस्कृत समेत गरिएको थियो । सोही कार्यक्रममा शैक्षिक प्रर्दशनीमा वडाले योगदान पु¥याएको भन्दै बछला देवी माविले वडा अध्यक्ष ङिमा शेर्पा तथा एक शिक्षकलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।
यसैबीच सोही कार्यक्रमको अवसरमा वडा स्तरीय बालसञ्जाल समेत गठन गरिएको विद्यालयले जनाएको छ ।