घरेलुको छड्के अनुगमन, म्याद गुज्रिएका सामग्री जफत गरि नष्ट

निर्मल बस्नेत पौष १८, (२०८०) नवलपुर । घरेलु तथा साना उद्योग कार्याललयको छड्के अनुगमन टोलीले सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर बजारमा म्याद गुज्रिएको सामाग्री बिक्रि गर्दै गरेकोे अवस्थामा फेला पारेका छन् ।
नवलपुर बजारको बिभिन्न पसलमा बिक्रि गर्न राखिएको म्याद गुज्रिएको चाउचाउ,बिस्कुट चकलेट,पापड, मस्यौरा,पेयपदार्थ अनुगमन टोलीले जफत गरेको हो ।

म्याद गुज्रिएका सामाग्री नष्ट गरिदै

बुधबार गरिएको अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख बिश्वनाथ काफ्लेको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय,ईलाका प्रहरी प्रहरी कार्यालय नवलपुर , घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको संयुक्त टोलीले अनुगमन गरेको थियोे ।

उक्त अनुगमन टोलीले खाद्यन्न, मासुपसल र पशुपालन फर्म गरि १७ वटाको अनुगमन गरेका थिए । अनुगमनको क्रममा फेला पारिएको म्याद गुज्रिएको १६ हजार बराबरको सामग्रीहरु स्थानीयले देख्नेगरि जिरोकिलो भन्ने स्थानमा नष्ट गरिएको घरेलु कार्यालयका प्रमुख काफ्लेले जानकारी दिए ।

अनुगमनमा खटीएका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि अशोक घलेले गाउघरमा बिहे, ब्रतबन्ध, छेवार लगायतका सन्दर्भमा बढी सामग्रीहरु खपद हुने हुँदा अखाद्य बस्तु र म्याद गुज्रिएका बस्तुहरु बिक्रि वितरण नहोस् भन्ने हेतुले अनुगमन गरिएको बताए ।
अनुगमनको क्रममा अनुगमन समितिका संयोजक काफ्लेले पसलमा देख्ने गरी मूल्य सूची राख्न, साईनबोर्ड राख्न, व्यवसायको दर्ता, नविकरण गर्न, मदिरा व्यवसायीलाई ईजाजत लिएर मात्र व्यवसाय गर्न र व्यवसाय क्षेत्र वरपर सरसफाई गर्न निर्देशन गरिएको बताए । उनले नगरको सबै बजार क्षेत्रमा अनुगमनलाई प्रभावकारी रुपले नियमित गरिने समेत बताए ।