चनौटेमा नवनिर्मितप्रहरी चौकी भवन बनेपछि स्थानीय खुशी
कार्तिक १३, चनौटे । जिल्लाको जुगल गाउँपालिका स्थित चनौटेमा बनेको नवनिर्मित पक्की प्रहरी चौकी भवनको उदघाटन गरिएको छ ।
बागती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले आइतबार एक कार्यक्रमका बीच भवनको उदघाटन गरेका हुन् ।
उदघाटन पछिको कार्यक्रमलाई सम्बोध गर्दैमन्त्री श्रेष्ठले चौकी स्थापनाले शान्ति सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमलाई विशेष अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, अमृता नेपाल बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी किरण राणा लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा जुगलगाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, वडाअध्यक्षहरु, नेपाल प्रहरी स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । बलेफी गाउँपालिकाको जलविरे भन्दा माथिल्लो भागमा पक्की संरचना सहितको प्रहरी चौकी भवन बनेसंगै त्याहाँका स्थानीयले सुरक्षाको प्रत्याभूति हुने भन्दै खुशी व्यक्त गरेका छन् ।