युवा समाजसेवी लायुर लामाको पहलमा खाद्यान्न राहत सामग्री वितरण

रबिन दनुवार
जेठ १२ ज्यामिरे (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपामा अतिविपन्न चुल्है बाल्न मुस्किल परेका जनतालाई खाद्यान्न राहत सामग्री वितरण गर्न सुरु गरिएको छ।
युवा समाजसेवी लायुर लामाको पहलमा वडा सँग समन्वय गरि जोक्छेन श्रीसिंह गुम्बा गोदावरीका लामा गुरु गेदक रेम्पोर्छेको सहयोगमा अतिबिपन्न चुल्लै बाल्न मुस्किल परेका जनतालाई खाद्यान्न राहत सामग्री वितरण गरिएको हो।
लामा गुरु गेदक रेम्पोर्छेको सहयोगमा वडामा रहेको अतिविपन्न चुल्है बाल्न मुस्किल परेका १७३ घरलाई राहत वितरण गरिएको युवा समाजसेवी लायुर लामाले सिन्धुज्वालालाई जानकारी दिए।
बिश्वब्यापी रुपमा फैलिएर रहेको कोरोना भाइरस अर्थात् कोभिड १९ रोग रोकथामका लागि सरकारले गरेको लकडाउनको गहिरो प्रभावका कारण अतिविपन्न घर परिवारलाई चुल्है बाल्न समेत मुस्किल परेको देखे पछि लामा गुरु सँग समन्वय गरि खाद्यान्न राहत सामग्री वितरण गरिएको युवा समाजसेवी लामाले बताए ।