सिन्धुपाल्चोकमा पहिलो पटक चार्जिङ स्टेशन

भदौ ३०, सुकुटे । जिल्लाको सुकुटेका पहिलोपटक विद्युतीय सवारी साधनको लागि चार्चिङ स्टेशन राखिएको छ ।
उक्त चार्चिङ स्टेशन कुनै सरकारी तवरबाट नभई सुकुटेका होटल व्यावसायी रामचन्द्र खडकाले राखेका हुन् ।
विद्युतीय सवारी साधनलाई मध्यनजर गर्दै सिन्धुपाल्चोकमा नै पहिलो पटक आफूले विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको व्यवसायी खड्काले बताए ।

उनले सुकुटे पेट्रोल पम्प अगाढी रहेको सुकुटे रिभर भ्यु नेपाली भान्सा घर नजिकै विद्युती चार्जिङ स्टेशन राखेका छन् । केही महिनादेखि विद्युतीय भाडाका सवारी साधानहरु सञ्चालन बढेपछि खडकाले आफ्नै लगानीमा चार्जिङ स्टेशन स्थापना गरेको बताए ।

एक घण्टा भित्र फुल चार्ज हुने र प्राधिकरणले तोकीएको विद्युत शुल्क अनुसार नै चार्ज गरेबापत शुल्क लिने गरिएको खडकाले बताए । जिल्लामा नै पहिलो पटक चार्जिङ स्टेशन सञ्चालनमा आएपछि सिन्धुपाल्चोक हुदै दोलखा सम्म जाने भाडा तथा निजी सवारी सञ्चालकहरुलाई सहज हुने भएको छ ।