चौतारा ,सिपाघाट ,कात्तिके,काठमाडौं सडक झ्याडि देउराली खण्डको स्तरोन्नी कार्य शुरू

रबिन दनुवार
असोज ५, ( सिन्धुपाल्चोक)। जिल्लाको चौतारा सदरमुकाम ,सिपाघाट कात्तिके हुदै काठमाडौं नारायणटार सम्म जोडिने सडकको स्तरोन्नति हनुे भएको छ।
आइतबार देखि झ्याडी देउराली सडक खण्ड स्तरोन्नति कार्य सुरु हुनेभएको छ ।
बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलाल एवं बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामेश्वर फुयालले संयुक्त उपस्थितमा उक्त सडक खण्ड स्तरोन्नतिका कार्य शुभराम्भ भएको हो।
मन्त्री दुलालले चुनावी सभामा प्रतिबद्धता गरे अनुसार उक्त सडकको स्तरोन्नति हुनलागेको हो।
उक्त सडकखण्ड प्यासिफिक इन्जिनियरिङले ०/७७/ असार २८ गते सम्झौता गरि सुरु भएको यश स्तरोन्नति कार्य ०/७९/ २९ असारमा सम्पन्न गरि सक्नुपर्ने सम्झौतामा उल्लेख छ।
उक्त सडक खण्ड आयोजनामा कुललागत ४६ करोड ७३ लाख ४२ हजार ९ सय ६६ रहेको छ भने सम्झौता रकम २९ करोड ४९ लाख ५९ हजार ९ सय ८२ रुपैया रहेको छ।
चुनावी सभामा योजनाको बाकस बनाएर भोट मागे जसरी त्यहीँ बाचाका बाकसहरुमा बाकस भरी योजनाका कामहरु ल्याएर बिकासका कामहरु अघि बढाइने मन्त्री दुलालले बताए ।
मन्त्री दुलालले झ्याडी देउराली सडक खण्ड स्तरोन्नतिका काम ठेक्का लिनेले काम कमसल गरेमा भत्काएर पुनः बनाउन लगाउने चुनौती समेत दिए।
प्रदेश सरकारले ल्याएको योजना प्रति उत्साहित हुदै इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले समन्वय गरि अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
चौतारा ,सिपाघाट,कात्तिके , काठमाडौं सडक झ्याडी,देउराली खण्ड स्तरोन्नति सुभारम्भ कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामेश्वर फुयाल त्यसैगरी बिशिस्ट अथितिका रुपमा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलाल एवं अतिथिका रुपमा जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङ ,इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ , नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष झम्क नेपाल लगायत सरोकारवाला हरुको बाक्लो उपस्थिति रहेको थियो ।