आगोलागी पीडितलाई सुनकोशी गाउँपिालिकाद्वारा ५ लाख सहयोग
माघ २५, खाडीचौर । सुनकोशी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फर्मका आगलागी पीडितलाई सुनकोशी गाउँपालिकाले ५ लाख सहयोग गरेको छ । एक साता अघि कृषि फर्मममा आगलागी हुदा ५० लाख बढीको क्षती भएको थियो । फर्ममा १२० बाख्रा रहेका थिए । आगलागीमा परेर ८१ बाख्रा मरेको थियो ।
स्थानीय युवाहरुको सक्रियतामा गाउँमा नै आयआर्जन गर्ने उदेश्यले करोडौको लगानीमा सञ्चालन भएको कृषि फर्ममा आगलागी भएपछि युवाहरुको उत्साहलाई कायम नै राख्नका लागि गाउँपालिकाले सहयोग गरेको अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिए । गाउँपालिका मार्फत अन्य सहयोग पनि उपलब्ध गराउनका लागि पहल गर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।
गाउँपालिका अध्यक्ष तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा,प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल,वडाध्यक्षहरु लगायतको टिमले कृषि फर्मका सञ्चालक जालबहादुर खत्रीलाई आगलागी भएको स्थानमा नै पुगेर सहयोग हस्तान्तरण गरिएको थियो ।
त्यस्तै सुनकोशी गाउँपालिकाका पुर्व अध्यक्ष श्रवणकुमार जिसीले व्यक्तिगत रुपमा पीडितलाई एक लाख सहयोग गरेका छन् । गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामाले पनि १५ हजार सहयोग गर्नुभएको छ । त्यस्तै विभिन्न व्यक्तिहरुले समेत पीडितलाई सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।