
‘विकासलाई गति दिने कुरा शिक्षामा गुणस्तर कायम गरेर मात्रै हुन्छ’– प्रधानमन्त्री प्रचण्ड(भिडियाे सहित)

दिनेश दुलाल
माघ २०, चनौटे (सिन्धुपाल्चोक) । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समग्र विकासलाई गति दिने कुरा शिक्षामा गुणस्तर कायम गरेर मात्रै हुने बताएका छन् । रत्न राज्य माध्यािमक विद्यालय ५९ औ वार्षिकोत्सव, अभिभावक दिवस, भूपू विद्यार्थी पुनर्मिलन तथा विद्यालय भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेका छन् । शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको प्रम प्रचण्डले समुद्घाटन गरेका हुन् ।
असल नागरिक बनाउने उद्देश्यका साथ एउटा नयाँ सामाजिक न्याय सहितको समतामुल समाजको सुरुवात शिक्षा क्षेत्रबाट नै हुने प्रधानमन्त्री प्रचण्डको तर्क छ । विदेशी मुलुकमा पनि शिक्षालाई पहिलो प्राथमिकता दिएको बताउँदै प्रम प्रचण्डले भने, ‘शिक्षामा गुणस्तर भयो भने मात्रै त्यो देशमा सामाजिक न्याय र सभ्यताको विकास हुन्छ, एकता, अनुशासित र देशभक्त, नागरिक हुन्छ ।’ भौतिक पूर्वाधार भन्दा पनि शिक्षाको गुणस्तर महत्पूर्ण रहेको उनको भनाई छ । विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई शैक्षिक गुणस्तर कायम गर्नको लागि आवश्यक मिहिनेत र निष्ठाको निम्ति विशेष अपिल समेत गरे ।
भव्य भवन भन्नु जुगल बासीको लागि मात्र नभई आफ्नो लागि पनि गर्वको कुरा भएको प्रचण्डको भनाई छ । सिन्धुपाल्चोकमा उक्त भव्य भवन बनाउन आफ्नो पनि केही भूमिका रहेकोले आफू निकै हर्ष र खुशी भएको उनले बताए । चिनिया राजदुत मार्फत चिन सरकारलाई धन्यवाद समेत दिए ।
सिन्धुपाल्चोक जिल्लाका जनताको दुःख र पीडामा मलमपट्टी आफूलाई प्राप्त भएको बताए । सिन्धुपाल्चोकको विकास र समृद्विको निम्ति, शिक्षा, स्वास्थ्य र रोजगारीको निम्ति सधैं साथमा हुने बचन समेत दिए । चीन सरकारले उपहार स्वरुप सिन्धुपाल्चोकमा र लमजुङ जिल्लामा गरी नेपालमा दुईवटा बनाईएको उनको भनाई छ ।
कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग लगायतले सम्वोधन गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले उक्त विद्यालयलाई हिमाल आरोहण तथा पर्यटन विद्यालय बनाउने पालिकाको योजना रहेको बताए । सोही अवसरमा अध्यक्ष स्याङबोले प्रधानमन्त्री प्रचण्ड समक्ष पहिरो प्रभावित ५०० घरधुरीलाई ८० हजार दिनु पर्दा पालिकालाई ४ करोड व्याएभार थपिन लागेको भन्दै केन्द्रीय सरकारको ध्यानकर्षण गराएका थिए ।
वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र १ का सांसद माधव सापकोटा, २ का मोहनबहादुर बस्नेत, प्रदेश सांसदहरु, विभिन्न उच्च ओहदाका व्यक्तित्वहरु लगाएतको सभागीता रहेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालका लागि चिनियाँ राजदुत चेनसङले विद्यालय हस्तान्तरण गरेका थिए भने प्रधानमन्त्री दाहालले विद्यालय व्यवस्थापन समिति तथा विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा विद्यालयले विद्यालय भवन निर्माणको लागि योगदान पु¥याउने संघीय सांसद, प्रदेश सांसद लगाएत व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।