ब्लाक हर्ष इन्डष्ट्रिज र सिन्धुवेलफर सोसाईटी बीच ७ बुँदे सम्झौता
माघ १७, चौतारा । ब्लाक हर्ष इन्डष्ट्रिजद्वारा अध्यायन गरिरहेका बालबालिकाहरुलाई निशुल्क जुत्तापोशाक प्रदान गरिने भएको छ ।
ब्लाक हर्ष इन्डष्ट्रिज र सिन्धु वेलफेयर सोसाइटी बीच आज भएको सम्झौता अनुसार ब्लाक हर्ष इन्डष्ट्रिजले उत्पादन गरेको जुत्ता वेलफर सोसाईटी मार्फत बालबालिकाहरुलाई निशुल्क उपलब्ध गराउनु लागिएको हो । त्रिपुरेश्वरमा ब्लाक हर्ष इन्डष्ट्रिज प्रा.लीको नाममा दर्ता भई उत्पादनमा लागेको ब्लाक हर्ष सुजका सञ्चालक चीनबहादुर श्रेष्ठ र सिन्धु वेलफेयर सोसाइटी अमेरीकाका अध्यक्ष सूर्यबहादुर खड्काले सम्झौता गरेका हुन् ।

सोसाइटीको मातहतमा बिभिन्न विद्यलायमा रहेको विद्यार्थीहरुको लागी वार्षिक २ जोरको दरले (वार्षिक ४० जोर) स्कुल जुत्ता ३ बर्ष सम्म प्रधान गर्ने सम्झौतामा हस्ताक्षर भएको सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष सूर्यबहादुर खड्काले सिन्धुज्वालालाई जानकारी दिए ।
७ बुँदामा दुवै पक्षको सम्झौतापत्रमा हस्ताक्षर भएकोमा पहिलो नम्बरमा सिन्धु वेलफेयर सोसाइटीको छनोटमा विभिन्न विद्यालयहरुका निःशुल्क रुपमा अध्ययन गरिरहेका २० जना विद्यार्थीका लागि पहिलो पक्षले दोस्रो पक्षलाई प्रति विद्यार्थी वार्षिक दुई जोर ब्लाक हर्षका जुत्ता उपलब्ध गराउने उल्लेख छ । त्यस्तै दोस्रोमा उल्लेखित जुत्ता दोस्रो पक्षलाई उपलब्ध गराएबापत पहिलो पक्षले कुनै पनि रकम÷शुल्क नलिने उल्लेख छ ।
त्यस्तै करारनामा २०७९ साल माघ १५ गतेवाट लागू भई ३ बर्षसम्म कायम रहने छ । उक्त अवधि समाप्त भए पश्चात दुवै पक्षको आपसी सहमतिमा करार समय थप गर्न सक्नेछन् ।
त्यस्तै चौथोमा पहिलो पक्षले दोस्रो पक्षलाई उपलब्ध गराएको जुत्ता विद्यार्थीलाई हस्तान्तरण बाहेक अन्य प्रयोजनका लागि उपयोग गर्न पाइने छैन । विद्यार्थीलाई हस्नान्तरण गर्ने दायित्व दोस्रो पक्षलाई हुने र यसमा प्रथम पक्षको कुनै दायित्व नरहने उल्लेख छ ।
त्यस्तै पाँचौमा यस करारनामा थपघट तथा संशोधन गर्नु परेमा दुवै पक्षको आपसी सहमतिमा थपघट तथा संशोधन गर्न सकिनेछ उल्लेख छ ।
स्मरण रहोस सिन्धु वेलफेयर सोसाइटी अमेरीकाले विगत बर्ष देखिनै सिन्धुपाल्चोकका विभिन्न विद्यालयका बालबालिकाहरुको लागि छात्रवृति तथा शैक्षिक सामग्री प्रदान गर्दै आईरहेको छ ।
यस्तो छ ७ बुँदे सम्झौता
लिखितम् कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरको दर्ता नम्बर १२५६०६÷०७१÷०७२ भएको ब्लाक हर्ष इन्डष्ट्रिज (जसलाई करारनामाको प्रथम पक्ष भनिने छ) र सिन्धु वेलफेयर सोसाइटी (जसलाई करारनामाको दोस्रो पक्ष भनिने छ) का वीचमा प्रथम पक्षले उत्पादन गर्ने उत्पादन गर्ने जुत्ता (पोसाक) दोस्रो पक्षले निःशुल्कवृत्तिमा अध्ययन गराइरहेका बालबालिकालाई उलपब्ध गराउनेबारे तपशिल बमोजिमकाा सर्त र बन्देजहरु दुवै पक्षले बन्धनकारी रुपमा परिपालन गर्ने गरी यो करारनामा कागज लेखी लेखाई साक्षीहरुको रोहबरमा सहीछाप गरी एक÷एक प्रति लिने–दिने गरेका छौँ ।
तपशील
सर्त र बन्देज
१. सिन्धु वेलफेयर सोसाइटीको छनोटमा विभिन्न विद्यालयहरुका निःशुल्क रुपमा अध्ययन गरिरहेका २० जना विद्यार्थीका लागि पहिलो पक्षले दोस्रो पक्षलाई प्रति विद्यार्थी वार्षिक दुई जोर ब्लाक हर्षका जुत्ता उपलब्ध गराउने ।
२. उल्लेखित जुत्ता दोस्रो पक्षलाई उपलब्ध गराएबापत पहिलो पक्षले कुनै पनि रकम÷शुल्क नलिने ।
३. यो करारनामा २०७९ साल माघ १५ गतेवाट लागू भई ३ बर्षसम्म कायम रहनेछ । उक्त अवधि समाप्त भए पश्चात दुवै पक्षको आपसी सहमतिमा करार समय थप गर्न सक्नेछन् ।
४. पहिलो पक्षले दोस्रो पक्षलाई उपलब्ध गराएको जुत्ता विद्यार्थीलाई हस्तान्तरण बाहेक अन्य प्रयोजनका लागि उपयोग गर्न पाइने छैन । विद्यार्थीलाई हस्नान्तरण गर्ने दायित्व दोस्रो पक्षलाई हुने छ । यसमा प्रथम पक्षको कुनै दायित्व रहने छैन ।
५.यस करारनामा थपघट तथा संशोधन गर्नु परेमा दुवै पक्षको आपसी सहमतिमा थपघट तथा संशोधन गर्न सकिनेछ ।
६. हामी दुवै पक्ष उपर्युक्त सर्त र बन्देजहरु परिपालना गर्नमा प्रतिबद्ध छौं । कुनै पक्षले सर्त बन्देजहरु पालना नगरी अर्को पक्षलाई मर्का पर्न गएमा मर्का पर्ने पक्षले आफ्नो हक कायम गर्न गराउन प्रचलित कानुन अनुसार हक कायम गर्ने गराउने विधि अवलम्वन गर्न हामी दुवै पक्ष सहमत छौं ।
७. यस करारनामामा लेखिएका कुराहरु यसै बमोजिम हुनेछन् । यसमा नलेखिएका कुराहरुका हकमा प्रचलित नेपाल कानुन अनुसार हुनेछ ।
प्रथम पक्ष दोस्रो पक्ष
चिनबहादुर श्रेष्ठ सूर्य बहादुर खड्का
सञ्चालक, ब्लाक हर्ष सुज इन्डष्ट्रिज अध्यक्ष, सिन्धु वेलफेयर सोसाइटी
साक्षी
१. …………………………………………………………………………
२…………………………………………………………………………..
इति सम्वत २०७९ साल माघ महिना १७ गते रोज ३ शुभम्……………………………. ।

