´सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नेछु` प्रहरी उपरीक्षक राना
निर्मल बस्नेत
२५ पाैष, चाैतारा । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा प्रहरी प्रमुखमा प्रहरी उपिरक्षक बाल नरसिं राना अाएका छन् । उनी अाएसंगै साेमबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा राखिएकाे हाे । पत्रकार संगकाे उक्त भेटघाट कार्यक्रममा उपरिक्षक रानाले अाम नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने उदघाेष गरेका छन् ।
सिन्धुपाल्चोककाे प्रहरी उपरिक्षक राना यसअघि प्रहरी प्रधान कार्यालयमा बिपद् व्यवस्थापन शाखामा कार्यरत रहेका थिए । यसभन्दा अघिका प्रहरी उपरीक्षकरामेश्वर यादव भ्रष्टाचारकाे मुद्दामा तानिय यता रिक्त रहेकाे स्थानमा राना कार्यालय प्रमुखको रुपमा आएका हुन् । जिल्ला प्रहरी कार्यालयले गरेकाे पत्रकार भेटघाटमा उनले गुन्डागर्दी र अनियमितता नियन्त्रणमा कडाइसाथ लागिने बताएका छन् ।
सिन्धुपाल्चोक बिपद्ग्रस्त जिल्ला रहेकाे ठाँउमा केन्द्रीय स्तरमा आफूले अनुभव गरेकाे कुरालाई लागु गर्ने बताएका छन् । यी मध्ये अाम नागरिकको सुरक्षालाई पहिलाे प्राथमिकतामा राखिने भनेका छन् ।
पत्रकारहरुले यसभन्दा अघिल्ला एसपीकाे जस्तो व्यवहार हुनेछकी भन्ने गरेको प्रश्नमा उनले आफ्नो कर्तव्य र मर्यादा बाट च्युत नहुने प्रतिबद्धता जनाएका छन् ।