विद्यालयमा दिवा खाजाको लागि स्थानीय कृषि उपजमा आधारित अनिवार्य
दिनेश दुलाल
पुस २२, चौतारा (सिन्धुपाल्चोक) । सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुलाई खुवाईने दिवा खाजा स्थानीय कृषि उपजमा आधारित हुनुपर्ने भएको छ ।
विद्यालयहरुमा बालबालिकालाई खुवाउने दिवा खाजामा जङफुड खुवाईएको चर्चा चलिरहँदा पछिल्लो पटक सरकारले नै स्थानीय कृषि उपजमा आधारित अनिवार्य हुनुपर्ने शर्त अघि सारेको छ । यो कार्यक्रमलाई सरकारले डब्लुएफपी मार्फत जिल्ला–जिल्लामा पु¥याएको छ ।
सोही कार्यक्रम अन्र्तगत शुक्रबार डब्लुएफपी नामक एक गैरसरकारी संस्थाले स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा परियोजना सम्बन्धी स्थानीय तह अभिमूखि कार्याक्रम सम्पन्न गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको हलमा गरिएको अभिमुखि कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगर भित्रका सबै विद्यालयहरुमा दिवा खाजा अनिवार्य र स्थानीय स्तरकै कुषि उपज हुनपर्नेमा जोड दिए । बरु अनुगमन, निर्देशन नगरले मात्र नभई वडा तहले समेत गर्न सक्ने उनले तर्क पेश गरे । अन्य संघसंस्था भन्दा डब्लुएफपी फरक संस्था भएको उल्लेख गर्दै मेयर सापकोटाले अन्य संस्थाको कार्याक्रम भन्दा यो कार्यक्रम निकै राम्रो प्रभावकारी रहेको बताए । ‘दायित्व हामी आफैंले कति पुरा गरेका छौं भनेर आफूलाई यो कार्यक्रमले सिकायत गरेको छ’, मेयर सापकोटाले भने । बालबालिकाको शिक्षा, स्वास्थ्य लगाएत क्षेत्रको विकासको लागि डब्लुएफपीको कार्यक्रम जीवन उपयोगी भएको उनको ठहर छ ।
डब्लु एफपीका कार्यक्रम संयोजक रुद्र सुनारले स्थानीय कृषि उपज दिवा खाजाले बालबालिकाको स्वास्थ्यको लागि राम्रो, तेजिलो, फुर्तिलो तथा पढाईमा सकरात्मक प्रभाव पर्न सक्ने धारणा राखे । स्थानीय कृषि उपजले रोजगराीको सम्भावान र माग अनुसारको ताजा खाद्यन्नको प्रयोग हुने उनको भनाई छ । एउटा बास्केटबाट आएको पैसा अर्को बास्केटमा नपुगोस भन्ने उद्देश्य अनुसार यस्तो कार्यक्रम आवश्यक रहेको उनले औंल्याए । ‘खेतदेखि गेटसम्म’ अभियानले स्थानीय अर्थतन्त्रलाई टेवा दिने उनले ठोकुवा गरे । दिवा खाजाको लागि भूमिका कृषि सहकारीलाई दिन आवश्यक धारणा राख्दै कार्यक्रम संयोजक सुनारले निरन्तर आपूर्तिक भएको छ की छैन त्यसको रेखदेख स्थानीय तहले गर्न पर्ने तर्क पेश गरे ।
बालबालिकालाई कम्तिमा १ सय ५० देखि २ सय ५० ग्राम सम्मको खाद्यन्न हुन जरुरी रहेको उनले बताए ।
सरकारी वा गैरसरकारी जसको लगानी भएपनि सबैको दायित्व हुने उल्लेख गर्दै सुनारले कुनै विद्यालयले दिवा खाजा नखुवाए मुद्दा समेत लाग्न सक्ने उनको भनाई छ ।
उनका अनुसार नेपाल सरकारले डब्लुएफपीलाई दिवा खाजाको ट्रेनिङको लागि अनुमति दिएको हो । सरकारलाई प्राविधिक सहयोग, पोलिसी र गाईडलाईन गरिने उनले स्पष्ट पारे । दिवा खाजा सम्बन्धी वडाहरुहमा डकुमेन्ट नदेखिएको बताउँदै संयोजक सुनारले लेखाजोखा गर्न स्थानीय सरकारलाई आग्रह समेत गरे । उनका अनुसार नेपाल सरकारको ७७ वटै जिल्लामा उक्त कार्यक्रम अगाडी बढाउने योजना भएपनि हाल ५ वटा जिल्लाबाट मात्रै सुरुवात गरिएको हो ।
१ देखि ६ कक्षा सम्मका बालबालिकाको लागि खुवाईने दिवा खाजाको लागि नेपाल सरकारले प्रति विद्यार्थी १५ रुपैंया अनुदान दिने गरेको छ । अपुग पैसा भने सम्बन्धित पालिका वा वडाले पुरा गरिरहेको छ । नेपाल सरकारको नारामै–‘हरेक बार खाना चार’ उल्लेख छ । तर जिल्लाका कतिपय विद्यालयहरुले जङफुडको रुपमा चिनिएको चाउ चाउ विस्कोट आदि खुवाउने गरिएको पाईन्छ ।