
गाैतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि तीनकराेड दिएपछि मन्त्री दुलाल बने सेलीब्रेटी

असाेज २४, भरतपुर (चितवन) । गाैतबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमति प्रदेश सामाजिक बिकास मन्त्रालयबाट प्रदान गरेकाे छ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा देशकै पहलाे ठुलाे लगानीमा बन्न लागेकाे क्रिकेट रंगशालाकाे लागि सामाजिक विकास मन्त्री युवराज दुलालले तीनकराेड छुट्याएपछि उनी सेलीब्रेटी बनेका छन् ।
रचनात्मक काममा बजेट विनियाेजन गर्दै अाएका मन्त्री दुलाल यसअघि पनि निकै चर्चामा छन् । ३ नम्बर प्रदेशभित्र विकास निमार्ण कार्यमा सक्रियता देखाएका मन्त्री दुलालले सामाजिक विकास मन्त्रालय मार्फत शिक्षा, स्वास्थ,महिला,बालबालिका, अपांग तथा खेलकुद क्षेत्रलाई प्राथमिक दिएका छन् । साेही अनुसार मन्त्री दुलालले क्रिकेट रंगशालाकाे लागि बजेट बिनियाेजन गरेका थिए । i बुधबार चितवनमा निर्माणाधिन “गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला” निर्माणका लागि बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित तीनकराेड आर्थिक सहायता गरिएकाे हाे । उक्त रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई बागमति प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेल तथा सामाजिक विकास मन्त्री युबराज दुलालले हस्तान्तरण गरेका थिए । अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र अत्यान्त महत्वपूर्ण भएकाेले क्रिकेट रंगशालाकाे लागि सहयाेग गरिएकाे सामाजिक विकासमन्त्री दुलालले बताए । बागमति प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा गरिएकाे तीनकराेड क्रिकेट रंगशाला निर्माणकार्यमा काेशेढुङ्गा बन्ने ध्रुरमुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ´ध्रुमुस` ले बताए । उनले सामाजिक विकासमन्त्री दुलाललाई धन्यवाद समेत दिए ।