व्यवस्था बदल्यौं, अब जनताको अवस्था बदल्न आवश्यक छ – पूर्व सभामुख सापकोटा

निर्मल बस्नेत
पौष १९, चौतारा (सिन्धुपाल्चोक) । प्रतिनिधि सभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले मुलुकका व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले यसतर्फ लागिपर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

श्री कृष्ण रत्नगंगा माविको ७६ औँ बार्षिकउत्सव तथा ४७ औँ अविभाबक भेलालाई सम्वोधन गर्दै सापकोटाले प्रविधिको विकासलाई बिचारले सम्हालेर अघि बढ्नुपर्नेमा जोड दिए । सापकोटाले देशभक्ति भावनाले सदाचारीतालाई सदैब अंगालेर बढ्ने प्रण गरे । बुवाआमाले छोराछोरी निगरानी बढाएर चाहना अनुरुप शिक्षा दिन लागि पर्नुपर्ने भन्दै वालबच्चाहरुको सन्तुष्ठी नै हाम्रो अमूल्य सम्पती भएको उल्लेख गरे । शिक्षकहरुले प्रविधिको विकासलाई आत्मसाथ गर्दै खोजमूलक शिक्षामा जोड दिन आग्रह गरे ।

सापकोटाको सभामुखको कार्यकाल संकटपूर्ण रुपमा बिताएको भन्दै संसदलाई २ पटकसम्म बिगटठन गर्दासमेत आफूले अनबरत रुपमा लागि परेर जोगाएर सफलता हाँसिल गरेको दावी गरे । उनले यो अवसर दिलाउने सिन्धुपाल्चोकका सवैप्रति नमन व्यक्त गरे । विद्यालयले गरेको प्रगतिप्रति उत्साहित हुँदै सापकोटाले भने, ‘विद्यालयको सफलतामा शिर झुकाएर श्रद्धा र छाती फुलाएर गर्भ गर्न लायक छ ।’
विद्यालयको उक्त वार्षिक उत्सव कार्याक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान, पुरस्कार प्रदान गर्नुको साथै सौन्दर्यात्मक साँस्कृतिक प्रस्तुतीले मनोरञ्जनात्मक भएको थियो ।

विद्यायलको भौतिक तथा शैक्षिक प्रगति समेटिएको प्रतिवेदन विद्यालयका प्रध्यानध्यापक डम्बरबहादुर श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखअरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, शिक्षक। अविभावक, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।