भिमटारको शिविरमा वालकदेखी बृद्धासम्मले सेवा लिए

निर्मल बस्नेत
पुस १४, भिमटार । चौतारा साागाचोकगढी नगरपालिका वडा ११ मा भिमटार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा १ महिनाको वालकदेखि ८० बर्षसम्मका बृद्धासम्मले सेवा लिएका छन् ।

भिमटारको माझी समुदाय केन्द्रित शिविरमा वालुवा चालेर गुजारा गर्ने माझिहरु उत्साहित देखिएका थिए । नगर स्वास्थ्य शाखाले १० गते १३ नंम्वर वडा ठूलोसिरुवारीमा संचालन गरेको शिविरमा २ सय ६२, ४ नम्वर वडाको सेतिदेबी पञ्चकन्या मावि कुविण्डे र वडा नम्वर् १ को प्राथमिक स्वास्थ्य चौकीमा पनि संचालन गरिएको मा १ सय ७२ ले सेवा लिए । शिविरमा रगत परिक्षण, खकार परिक्षण २ वर्षभन्दा कम उमेरको वालवालिकाको पोषण अवस्थाको परिक्षण, गर्भवती मलिाहरुको भिडियो एक्सरे र जनरल फिजिसियनको सेवा दिईएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी गराए ।


चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर कृष्णप्रसाद सापकोटाले आफ्नो जीवनप्रति संवेदनशील र सचेत रहन आग्रह गरे । सवैभन्दा ठुलो सम्पत्ति भनेको मानव जीवनको स्वास्थ नै हो । सो पश्चात अन्य सहयोग प्राप्त गर्ने सकिन्छ । रोगको पहिचान पहिलो हो त्यसपछि उपचार हो ।

बिगतमा साँगाचोकमा भएको शिबिरबाट पाठेघरको रोगिहरुको अप्रेषण गराउन सम्भव प्रसंग उल्लेख गरेका थिए । बाँकीहरुलाई सजग गराउन सवैले सन्देशको रुपमा लैजान आग्रह गरे । कतिपय स्थानमा पहुँच पुग्दा पनि ध्यान पुगेको देखिदैन । उनले भने अन्य पालिकाको चिकित्सक ल्याएर भावनात्मक एकता समेत कायम गरेका छौँ ।

मेयर सापकोटाले शिबिरको औचित्य पुरा हुने गरि सवै किसिमको परामर्श दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । लगत्तै नगरले प्रत्येक वडामा कृषि गणक पठाएर तथ्यांक संकलन गर्न लागिएको जाजकारी समेत गराए । नगरले प्रकोप प्रभावित २० घरलाई सहयोग गर्ने योजना अघि सारिएको बताए । दक्षिणी भेगको आवश्यकतालाई मध्यनजर गरेर सवैलाई सेवा पुग्नेगरि उपकरण र चिकित्सक सहितको सेवा दिन नगर तत्पर रहेको प्रतिबद्धता जनाए । नेकपा माओवादी केन्द्रको जिल्ला संयोजक गोविन्द पराजुलीले दक्षिणी भेगको लागि गुणस्तरीय सेवा प्रवाहको लागि मेयरको ध्यानाकर्षण गराएका थिए ।

पराजुललिे ताम्सालिङ रोड हुँदै मध्यपहाडी लोकमार्ग बनाउन माओवादी पार्टीकै पहलकदमीमा सम्भव भएको हो । साथै स्वास्थ्य सस्था र बिद्यालयको लागि क्रसलाई भनेर सहयोग उपलब्ध गराएको संगै साँगाचोकलाई स्वास्थ सेवा केन्द्र मजबुद बनाउन टोलटोलमा सेवाप्रवाह पु¥याउन शुभकामना प्रदान गरे । उनले शिक्षा संगै रोजगारको वातावरण सिर्जना गर्न नगरपालिकालाई आग्रह गरे ।

वडाध्यक्ष रोशनराज गिरीले इन्द्रावती नदीको पानी लिफ्टिङ गरि बस्तीमा ल्याउने योजनाको काम अन्तिम अवस्थामा रहेको बताए । कम आए भएकाहरुलाई आयआर्जनको लगि नगरले ३ बर्षसम्मको लागि व्यवसाय गर्न सापटी दिने योजना रहेको जानकारी गराए ।
असोजको ५ गतेयता नसाको बिमारी रहेका भिमटार माथिल्लो टोलका ७१ बर्षिय गोबिन्द माझीले कहाँसम्म धाएर जान पर्ने हुन्थ्यो यहाँ आएर धेरै कल्याण गरेको बताए ।

त्यस्तै लक्ष्मी माझीले स्यानीय सरकार भएको महसुस गरेको बताईन् । उनले भनिन् सवैले सेवा पाउने गरि यस्तो शिविर सदैव संचालनको आशा गरेकी थिईन् । यसरी शिविरमा फेला परेको आँखाको मातिया बिन्दुको अपरेशन माघ २ र ३ गते चौतारा सामुदायिक आँखा अस्पताल चौतारामा कम शुल्कमा अप्रेशन गरिने जानकारी गराए । शिविर निरन्तर रुपमा सवै वडामा संचालन गरिने स्वास्थ्य शाखा प्रमुख सिव पुरीले बताएका छन् ।