मतदान प्रक्रिया सुरू, सभामुख सापकोटाले कुविण्डेबाट गरे मतदान
मंसिर- ४, चाैतारा । प्रदेश तथा प्रतिनिधि सभाकाे लागि अाज अाज बिहान बाट मतदान प्रक्रिया सुरूवात भएकाे छ । बिहान ७ बजेबाट सुरूवात भएकाे मतदान प्रक्रिया शान्तिपूर्ण रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ ।
यसैबीच सभामुख अग्नीप्रसाद सापकोटाले कुविण्डेबाट गरे मतदान गरेका छन् । गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट सापकोटाले मतदान गरेका हुन् ।
स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा मंसिर २ मा नै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सदा झै यो पटक पनि सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् ।
दुई संविधान सभासहित तीन प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर सापकाेटा सभामुख बनेका थिए । पछिल्लो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । यो पटक उनी उम्मेदवार बनेनन् । उम्मेदवार बन्न पार्टीले सापकोटालाई प्रस्ताव र सिफारिस गरे पनि युवालाई अवसर दिनुपर्ने भन्दै उनले मैदान छोडिदिए । यस पटक यो क्षेत्रबाट उनका भतिज माओवादी नेता माधव सापकोटा सुबोध उम्मेदवार बनेका छन् । उनी गठबन्धनको साझा उम्मेदवार छन्।