
अरनिको यातायात प्रा.ली.को पहिलो बैठकले ग¥यो महत्वपूर्ण चार निर्णय, व्यवसायीहरु दंग

दिनेश दुलाल
भदौ १९, लोकन्थली (भक्तपुर) । अरनिको यातायात समितिको रुपान्तरित अरनिको यातायात प्रा.ली.को पहिलो बैठकले महतव्पूर्ण चार निर्णय गरेको छ ।
लोकन्थली स्थित प्रा.ली.को कार्यालयमा शनिबार निर्वाचित पदाधिकारीहरुले सपथ लिए संगै कार्यसमितिको पहिलो वैठक बसेको थियो ।
वैठककले महत्वपूरर्ण कुराहरु चारवटा निर्णयहरु गरेको प्रा.लीका सचिव तथा प्रवक्ता प्रभुराम थापाले जानकारी दिए । उनका अनुसार वैठकले दशै तिहार लक्षित गरेर भाद्र २३ गतेबाट अग्रिम बुकिङ खुल्ला गर्ने, दोस्रो, अरनिको यातायातमा यात्रा गर्दै गर्दा दुर्घटना परेर अंङ्गभङ्ग भएर घाईते भएकाहरुलाई अरनिको प्रा.ली ले आजिवन एकहजार भत्तादिने व्यवस्था पूर्ववत रहेकोमा त्यसलाई यो कार्यसमितिले १५ सय बनाएको छ ।
त्यस्तै व्यवसायी भलाई कोषमा क्रियासिल सदस्यको मृत्यु हुँदा ५ लाख क्षतिपूर्ति दिने प्रचलनबाट त्यसलाई बढाएर १० लाख बनाएको छ । त्यस्तै कर्मचारीहरु कामको सिलसिलामा जाँहा डुल्दा हिड्दा अथवा जीवन यापन गर्दा वालवाला रहेकै अवस्थामा अचानक निधन भएको खण्डमा मृत्यु हुँदा एकलाख दिने चलन थियो । त्यसलाई बढाएर पहिलो वैठकले तीनलाख बनाईएको प्रा.लीका सचिव थापाले जानकारी दिए ।
त्यस्तै प्रा.ली.ले मजदुरहरु चालक, सहचालकको ५ लाखको दुर्घटना बिमा वापतको रकम दिने गरेकोमा शनिबारको पहिलो बैठकले १० लाख बनाउने निर्णय भएको उनले जानकारी दिए । उनका अनुसार प्रा.ली.ले कर्मचारीको हकमा दिने यो बीमा भने नेपाल सरकारबाट तोकिएर दिने बाहेक हो ।प्रा.ली.को कार्यसमितिले व्यवसायीको पक्षमा पहिलो वैठकमै महत्वपूर्ण निर्णय गरेसंगै व्यवसायीहरु निकै उत्साहित भएका छन् ।
हेर्नुहोस अध्यक्ष क्षेत्रीको महत्वपूर्ण भिडियो