थकनी डाँडाकटेरीका १४ घर पहिरोको उच्च जोखिममा

साउन २३, भोटेचौर (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिका –४ थकनीको डाँडाकटेरीमा १४ घर पहिरोको उच्च जोखिममा परेका छन । अहिले सुरक्षित स्थानमा राखि विज्ञको सिफारिसको आधारमा अन्य सहयोग गरिने नगर प्रमुख आईतमान तामाङले बताए ।

जोखिममा परेका १४ घरको नगर उपप्रमुख उमा प्रधान ,वडा अध्यक्ष संजिव तामाङलगायत जनप्रतिनिधी,प्राविधिकले अवलोकन गरेपछि तत्काल राहतका लागि वडा मार्फत नगर कार्यपालिकामा सिफारिस गर्न आग्रह गरिएको वडा सदस्य कमल तामाङले जानकारी दिए । उनका अनुसार कान्छाराम तामाङ, जितबहादुर तामाङ, रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङको ५ घर परिवारलाई तत्काल स्थानान्तरण गरिने भएको छ । जोखिम बढिरहेको र विहान भन्दा दिउँसो झन जमिन भासिदै गएको देखिएको स्थानीयको भनाइ छ ।