सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा कार्यालय प्रमुखहरुलाई सम्मान

मंसिर २५, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा जिल्लाका कार्यालय प्रमुखहरुलाई सम्मापन गरेको छ ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको आयोजनामा घरेलुु तथा साना उद्योग कार्यालयका अधिकृत बिश्वनाथ काफ्लेको स्वागत तथा राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख सरोज निरौलाको बिदाई कार्यक्रमको सन्दर्भ पारेर उक्त कार्यक्रम गरिएको थियो ।

कार्यालय प्रमुखहरुलाई मायाँको चिनो प्रदान गर्नुहुँदै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार)

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले उनीहरुलाई खादा तथा मायाको चिनो प्रदान गरेका थिए । संघको शाखा कार्यालय चौतारामा शुक्रबार भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल, सहायक प्रजिअ निराजन श्रेष्ठ, प्रहरी उपरीक्षक राजन अधिकारी, घरेलुु तथा साना उध्योग कार्यालय प्रमुख रामशरण गौतम, घरेलुका अधिकृत बिश्वनाथ काफ्ले, नासु प्रबिण बस्नेत उपस्थित थिए ।

उक्त कार्यक्रममा प्रजिअ खनालले जिल्लाको हरेक सवालमा सबैसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । बिपद्, प्रकोप र महामारीमा उद्योग बाणिज्य संघले खाध्यन्न भण्डारण तथा अन्य आवश्यक सहयोग रहने कुरा संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए ।
कार्यक्रममा संघका महासचिव शम्भु बहादुर तिमिल्सिना, सदस्य उजारसिं तामाङ, रुपक धिताल लगाएतको सहभागिता रहेको थियो ।