चौतारा साँगाचोकगढीमा माओवादी–समाजवादीको गठबन्धनकाे सानदार विजय

दिनेश दुलाल
जेठ ४, चाैतारा । जिल्लाकाे सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनकाे सानदार विजय भएकाे छ ।
माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा मेयरमा र एकीकृत समाजवादीकी सीता थापा उपमेयरमा निर्वाचित भएका हुन् ।

सापकोटाले ११ हजार ७२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका इन्द्र नेपालले ६ हजार सात सय ८५ मत ल्याएका छन् । उपमेयरमा थापाले नौ हजार सात सय २६ मत ल्याइन् । प्रतिस्पर्धी एमालेकी बालकुमारी सापकोटाले ६ हजार आठ सय ७७ मत प्राप्त गरेकी छिन ।
माअाेवादी केन्द्र र समाजवादी गठबन्धनले जितेकाे याे नगरमा माअाेवादी केन्द्रले ५, नेपाली कांग्रेसले ४, नेकपा एमालेले ४ र एकीकृत समाजवादीले १ वडा जित हाँसिल गरेका छन् ।
२०७४ सालकाे पहिलाे स्थानीय तहकाे निर्वाचनमा माअाेवादी केन्द्रका अमानिसिं मेयर तथा जानुका पराजुली उपमेयर बनेकी थिईन । माअाेवादी केन्द्रले ७ वडा जित हाँसिल गर्दा एमालेले ५, कांग्रेसले १ र राप्रपाले १ वडा जित हाँसिल गरेकाे थियाे । जसअनुसार माअाेवादीले २ र एमालेले १ वडा गुमाएकाे छ। यसपटक कांग्रेसलाई चिट्टा परेकाे छ । मेयर पद जितेकाे माअाेवादी केन्द्रकाे बहुमत नपुगेकाे जानकारहरू बताउँछन् ।
अब स्थानीय तहहरूले ५ गते कार्यालय समाल्नु पर्ने छ । किनकी अागमी जेठ ५ गते जनप्रतिनिधहरूकाे पदावधि सकिदैछ । तर निर्वाचन परिणाम ढिला अाएकाेले गाउँसभा तथा नगरसभा तत्काल गठन गर्न निकै चुनाैति रहेकाे विश्लेषकहरू बताउँछन ।