‘मुलुकलाई गम्भिर दुर्घटना हुनबाट जोगाईयो’, पूर्व मन्त्री दुलाल

फागुन १६, फटशिला (सिन्धुपाल्चोक) । पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले व्याख्यात्मक सहितको एमसीसी अनुमोदनले मुलुकलाई गम्भिर दुर्घटना हुनबाट जोगाईएको बताएका छन् ।

फटकशिला माध्यामिक विद्यालयको ६२ औै वार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री दुलालले यस्तो बताएका हुन् ।

विद्यालयको वार्षिक उत्सव उदघाटन पछिको कार्यक्रमलाई सम्बोन गर्दै प्रदेशसभा सदस्य दुलालले व्याख्यात्मक टिप्पणी सहित माओवादीले जोड नदिएको भए एमसीसी जस्ताको तस्तै पासहुने ठोकुवा गरे । एमसीसीमा रहेको केहीबुँदा र विवादास्पद बुँदाहरु परिमार्जन गरेर मात्र पास गर्नका लागि माओवादीको नेतृत्वमा ब्याख्यात्मक ११ बुदे टिप्पणी तयार पारिएको उनले बताए ।

‘एमसीसी जसरी पनि पास गराउने, सभामुख र १४ साँसद हटाउने प्रयास बिफल भयो’, दुलालले भने । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै दुलालले सामुदायिक विद्यालयलाई गुणस्तरको आवश्यकता औंल्याउँदै विद्यालय प्रशासन, व्यवस्थापन समिती, शिक्षक अभिभावक र वियार्थी स्वयंले पनि गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्रका बागमति प्रदेश सचिवालय सदस्य चन्द्र बहादुर थापा, मेलम्ची १३ का वडा अध्यक्ष देवेन्द्र घोरासैनी, लगायतले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लोक दोहोरी गायक सरोज लामिछाने, राजेश ढकाल, राजन चौलागाई, सिमा भण्डारी लगायत कलाकारहरुले सांगितिक प्रस्तुति पस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अधयक्ष शिवराम दंगालको अध्यक्षतामा भएको सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरीप्रसाद पौडेलले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।