
पूर्व मन्त्री माेहन बस्नेतद्वारा स्वास्थ्य सामाग्री प्रदान

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री माेहन बस्नेतले काेभिडकाे अवस्थाको मध्यनजर गरि स्वास्थ सामग्री वितरण गरेका छन् ।
बस्नेतले जिल्ला स्थित सरकारी कार्यालय, सुरक्षा निकाय, चाैतारा अस्पताल र पत्रकार महासंघको लागि मास्क, सिटामाेल वितरण गरेका हुन् । चाैतारामा नेपाली काङ्ग्रेसको ब्यानरमा पहिला जनता बचाउ , राजनीति पछि गराैला भन्ने मुलमन्त्र लिएर प्रतिकुल शारीरिक अवस्थाको बावजुद पनि स्वास्थ सामग्री लिएर चाैतारा पुगेका हुन् । साेही अवसरमा अन्य पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रबेश गरेका छन् ।