
माओवादी केन्द्रले जिल्लाका १२ वटै स्थानीय तहमा एकैपटक मनायो जनयुद्व दिवस

फागुन १, चौतारा (सिन्धुपाल्चोक) । नेकपा (माओवादी) केन्द्र सिन्धुपाल्चोकले १२ स्थानीय तहमा एकैपटक २७ औं जनयद्व दिवस मनाएको छ ।
जनयुद्वको २७ औं वार्षिक उत्सवलाई जिल्लाका १२ वटै पालिकामा भव्य रुपमा विविध कार्यक्रम गरी मनाईएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक गोविन्द पराजुलीले जानकारी दिए ।
उनका अनुसार जिल्ला पार्टीले यसपटक जनयुद्व दिवसलाई विकेन्द्रित खालको पालिका स्तरीय रुपमा मनाएको हो । हजारौंंको उपस्थिति सहित मनाईएको जनयुद्व दिवस कार्यक्रममा जिल्लाका शिर्ष नेतृत्वलाई पालिका पालिकामा जिम्मा दिईएको जिल्ला संयोजक पराजुलीले बताए ।
दिवसलाई भव्य रुपमा मनाउने सिलसिलामा प्रमाणपत्र वितरण, सपथग्रहण लगाएत प्रशिक्षण कार्यक्रम सञ्चालन गरी शुभकामना आदानप्रदान सहितको कार्यक्रम गरिएको उनले बताए । उनका अनुसार पालिका कमिटिहरुले आफ्नो अनुकुलतामा गरेको कार्यक्रम केही बन्द स्थानमा त केही खुला स्थानकार्यक्रम सम्पन्न गरेको थियो ।
माओवादी केन्द्रले १२ पालिकाहरुमा गरेको कार्यक्रम यस्तो छ ।
क्र.स स्थानीय तह उपस्थिति पार्टी प्रवेश वक्ताहरु
१) हेलम्बु ८० जना बलराम विक, भरत थापा
२) पाँचपोखरी २०० ५० युवराज दुलाल
३) मेलम्ची १०० डिलााम आचार्य, चन्द्रबहादुर थापा, उद्वन आलेमगर
४) ईन्द्रावती १०० १० चिरन्जीवि आचार्य, ठूलोबाबु श्रेष्ठ
५) चौतारा साँगाचोकगढी नगरपालिका ३०० कृष्णप्रसाद सापकोटा, अमानसिं तामाङ,
६) जुगल २०० चन्द्र सापकोटा, अम्बिका नेपाल
७) बलेफी ३५० पुन्य पराजुली, अमृता नेपाल
८) सुनकोशी रामप्रसाद सापकोटा
९) लिसंखुपाखर २०० माधव सापकोटा
१०) त्रिपुरासुन्दरी १५० केशव नेपाल, ज्ञानेन्द्र गुरुङ
११) बाह्रबिसे १०० रेखा शर्मा, लालकान्छा तामाङ, बुद्वराज बस्नेत
१२) भोटेकोशी ९० सरल सहयात्री पौडेल, आङछिरी शेर्पा