जुगल बोर्डिङ ३२ औँ बर्षमा, शिक्षाविद् दंगाल सम्मानित

निर्मल बस्नेत
पुष २, चौतारा (सिन्धुपाल्चोक) । जुगल बोर्डिङ हाईस्कुलले आफ्नो ३२ आौँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लाकै सबैभन्दा पुरानो निजी विद्यालय जुगलको वार्षिक उत्सब कार्यक्रमको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङले उदघाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका मेयर तामाङले जुगल वोर्डिङले शिक्षा क्षेत्रमा खेलेको भूमिका अतुलनीय रहेको धारणा राखे ।

जुगल वोर्डिङ स्कुल जस्तै सरकारी विध्यालयहरु समेत गुणस्तरीय शिक्षामा अब्बल हुनपर्ने धारणा राखे ।
यसैबीच कार्यक्रममा शिक्षाबिद नगेन्द्रप्रसाद दंगाललाई जुगल शिक्षाक्षेत्रबाट सम्मानित गरिएको छ । त्यस्तै शब्द शारथीलाई जुगल साहित्यिक सम्मान र चलचित्रकर्मी तथा नाट्यकलाकार तुलसी घिमिरेलाई जुगल साँस्कृतिक सम्मानद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले गीत तथा नृत्यबाट उपस्थित अतिथि तथा अविभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा सहभागी अतिथी , पत्रकार र कलाकाहरुलाई बिव्यस अध्यक्ष र प्रिन्सीपल ओमप्रकास उप्रेतीले मायाको चिनोसमेत प्रदान गरेका थिए ।