माअाेवादी केन्द्र बागमति प्रदेश कमिटिमा सिन्धुपाल्चोकबाट २७ प्रतिनिधित्व (नाम लिस्ट,सहित)

मंसिर २७, काठमाडाै । नेपाल कम्युनिस्ट पार्टी (माअाेवादी केन्द्र) बागमति प्रदेश कमिटिमा सिन्धुपाल्चोकबाट २७ जना प्रतिनिधित्व भएकाे छ ।
(माओवादी केन्द्र) को सबै प्रदेश सम्मेलन शनिबारबाट सुरु भएको थियाे ।
सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा हुने सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गदघाटन गरेका थिए ।

माओवादी केन्द्र बागमति प्रदेश सम्मेलनको उदघाटन गर्दै पार्टी अध्यक्ष प्रचण्ड

माओवादी केन्द्र बागमति प्रदेश कमिटीमा चितवन पछिकाे सबैभन्दा ठूलाे प्रतिनिधित्व हाे । उपत्यका विशेष बाहेक १० जिल्ला मध्य पार्टी सदस्य संख्याकाे हिसाबले सिन्धुपाल्चोक दाेस्राे ठूलाे जिल्ला हाे ।
माअाेवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला समन्वय समितिले दिएकाे जानकारी अनुसार बागमति प्रदेश कमिटीमा सिन्धुपाल्चोकबाट खुल्ला तर्फ १८, दलित तर्फ २ र महिला तर्फ ७ प्रतिनिधित्व भएकाे छ ।
जस अनुसार खुल्ला तर्फ चन्द्रबहादुर थापा, सरल सहयात्री पाैडेल, झम्क पराजुली, प्रेम सापकाेटा, लालकान्छा तामाङ, चन्द्र प्रसाद सापकाेटा, गाेविन्द पराजुली, चिरञ्जीवी अाचार्य, उद्घन अालेमगर, फुर्वा स्याङबाे, भरत थापा, श्यामसुन्दर श्रेष्ठ, गंगाबादुर तामाङ, उजारसिं तामाङ , बुद्घराज बस्नेत, पदम श्रेष्ठ, बीरबहादुर तामाङ र पूर्ण बहादुर तामाङ रहेका छन् ।
त्यसैगरी दलित तर्फ गणेश विक र राेहीणी बिक रहेका छन् ।
त्यस्तै महिला तर्फ अमृता नेपाल, कलपना न्याैपाने, अम्बिका नेपाल, जानुका पराजुली, फुलम तामाङ, सुमित्रा बस्नेत र मुना ढकाल रहेका छन् ।
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन भएकाे हाे ।
सो पार्टीका अनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन भएको हो ।

प्रत्येक प्रदेश सम्मेलनबाट माओवादी केन्द्रले नौ पदाधिकारी सहितको समिति चयन गर्नेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्।

प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ ।