मध्यभोटेकोशी र सरोकार समितिबीच बृहत छलफल, तत्काल ७ निर्णय कार्यान्वयन गरिने

दिनेश दुलाल
भदौ १५, बाह्रबिसे (सिन्धुपाल्चोक) । मध्येभोटेकोशी जलविद्युत कम्पनी र स्थानीय सरोकार समितिबीच बृहत छलफल सम्पन्न भएको छ ।
नगरपालिका मेयर निमफुञ्जो शेर्पा, कम्पनीका एमडी रामगोपाल शिवाकोटी, आयोजना प्रमुख सूर्यनाथ भुर्तेल तथा स्थानीय सरोकार समिति लगाएत सहभागीहरुले प्रभावितहरुको समस्या र आयोजना ढिलाई हुनुको कारणबारे छलफल गरेका हुन् । बाह्रबिसे नगरपालिकामा सोमबार सरोकार समिति र आयोजनाबीच भएको बृहत छलफलले ७ निर्णय समेत गरिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई जानकारी दिए ।

‘प्रभावितहरुका सन्दर्भमा पटक–पटक आश्वासन मात्रै भयो, अब पुरा नभए प्रभावित जनताले नै आयोजना कब्जामा लिनेछन्’, सरोकार समितिका संयोजक समेत रहेका मेयर शेर्पाले आक्रोसित हुँदै भने ।
केही नेताहरुको हाईड्रो बन्न हुँदैन भनेर लागिरहँदा आफु भने आयोजना बन्न पर्छ भनेर दृढतापूर्वक लागेको स्मरण सुनाउँदै मेयर शेर्पाले आयोजनाले भने प्रभावितहरुको एउटा पनि माग सम्बोधन नगरेको ठोकुवा गरे । आफु सरोकार समितिको संयोजक भएपनि कयौं महत्वपूर्ण कुराहरु आफुलाई जानकारी नै नगराई थालिएको उनले सुनाए ।

जनताको अरबौंको लगानी रहेको आयोजना ढिलाई हुनुमा अघिल्लो पालाका एमडी (सिईओ) को चरम अनियमिता र लापरबाहीका कारण भएको दावी गर्दै मेयर शेर्पाले दोभाषेको मिलेमतोमा चाईनिज ठेकेदार कम्पनीले आयोजना डुभाउन लागेको ठोकुवा गरे । अनुवादक गोविन्द पौडेल आयोजनाबाट हटेपनि चाईनिज ठेकेदार संग मिलेर चोरी धन्दामा लागेको समेत आरोप लगाए ।
छलफलकै क्रममा आयोजनासंग प्रभावितहरुले सम्झौता गरेअनुसार स्थानीय प्रभावितलाई काम दिनु पर्नेमा ईन्डिएन ठेकेदारले मोटो रकम खाएर जिल्ला बाहिरीका मान्छेहरु लगाएको समेत उनको आरोप छ ।
मेकानिकल कामको जिम्मा पाएको एन्ड्रीडका साइट इञ्चार्ज भारतीय नागरिक सुरेन्द्र दवाडीलाई स्थानीयले हातपात भएको भन्ने प्रसंगलाई मेयर शेर्पाले प्रभावितलाई कुनै काम नदिए पछि स्थानीय आक्रोसित भएको खुलस्त पारे ।

‘क्वाईलिटि र क्वान्टीटीमा कुनै सम्झौता हुँदैन तर प्रभावित स्थानीयलाई काम दिनुपर्छ’, मेयर शेर्पाले भने । आयोजना स्थलमै प्रयाप्त मात्रमा बस्ने आवास भएकोले कम्पनीका एमडी शिवाकोटीलाइ त्यहि बसेर प्रभावितका समस्या सुल्झाउन मेयर शेर्पाले सुझाब समेत दिए ।
आयोजना निर्माण छिटो निर्माण गर्नपर्छ भनेर नगर प्रमुख शेर्पाको अतुलनीय भूमिका रहेको स्मरण गर्दै आयोजनाका सिईओ शिवाकोटीले प्रभावितहरुको माग पुरा गर्न आफु तत्पर रहेको बताए ।
कामदारको ज्याला समेत लामो समय रोकिएको स्थानीयको गुनासोलाई सम्बोधन गर्दै सिईओ शिवाकोटीले मासिक रुपमै भुक्तानीको व्यवस्था मिलाउन आफु लाग्ने प्रतिवद्वता जनाए । आयोजना निर्माण सम्पन्न भएको प्रति आफु समेत चिन्तित भएको बताउँदै सिईओ शिवाकोटीले अबको डेड वर्ष भित्रै निर्माण सम्पन्न गरिसक्ने ठोकुवा गरे । ‘अब डेड बर्ष भित्र मेयर सापकै पालामा निर्माण सम्पन्न हुन्छ’, सिईओ शिवाकोटीले भने । निर्माण छिटो सम्मपन्न गर्न तथा प्रभावितहरुको समसया समाधान गर्न आफु हप्ताको एकपटक अनिवार्य आयोजना स्थल आउने समेत विश्वास दिलाए ।
छलफलमा आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले बिगतका कमजोरीहरु सच्याएर योजना सम्पन्न गर्न लाग्ने बचनबद्वता दिए ।
छलफलमा बाह्रबिसे नगरपालिका भित्रका प्रभावित वडाका वडाअध्यक्षहरु सुरज लामा, मोहनलाल श्रेष्ठ, बेलबहादुर रोक्का र मिनबहादुर श्रेष्ठ तथा भोटेकोशी ५ नम्बर वडाका वडाअध्यक्ष सुप्पा श्रेष्ठ लगाएतले प्रभावितहरुको जायज माग पुरा गर्न सिईओसंग माग गरेका थिए ।
स्थानीय प्रभावितलाई काम नदिएर एन्ड्रीडका साइट इञ्चार्ज भारतीय नागरिकले हेपाह प्रवृति देखाएको भन्दै स्थानीय दावा तामाङले आक्रोस पोखे ।
प्रभावितलाई आयोजनाले एकघर एक रोजगारीको ग्यारेन्टी गरिएपनि कुनै काम काम पुरा नभएको उनले ठोकुवा गरे । छलफलमा सहभागी अन्य युवाहरुले आयोजनाले आश्वासन मात्रै नभई तत्काल कार्यान्वयन गर्न माग गरेका थिए ।
यसैबीच सरोकार समिति सहितको उक्त बृहत छलफलले ७ बँुदे निर्णय समेत गरेको छ ।
यस्तो छ निर्णय

१) ठेकेदारसंग लिने रोयल्टी आोजनाबाट ठेकेदारलाई समन्वय गर्ने र उक्त बाँकी रकम भुक्तानी गर्न लगाउने वा कम्पनीबाटै ठेकेदारले पाने बीलबाट कट्टी गरी दिने बारे छलफल भएको थियो ।
२) जग्गामा लागेको हकबन्दीको कारण कम्पनीले लिएको जग्गा ३ सय ७५ रोपनी भन्दा बढी भएकोले आयोजना स्थलमा समस्या रहेको जग्गा लिन नसकिने देखिन्छ । नेपाल सरकारले जग्गा सम्बन्धी क्याविनेटबाट निर्णय पछि समस्या समाधान गर्ने निर्णय गरियो ।
३) धनेश्वरी मावि भवन निर्माण सम्बन्धमा शिक्षाको मापदण्ड बमोजिम नक्सा पासभएपछि दोस्रो भवन निर्माणमा कम्पनीबाट कार्यालय गरिने छलफल गरियो ।
४) स्थानीय लेवर तथा स्काभेटरको भुक्तानी सम्बन्धमा आयोजना कम्पनीबाट महिना महिनाको ज्याला भुक्तानी गर्न ठेकेदारलाई कुरा गर्ने र समय समयमा भुक्तानी गर्ने पहल गर्ने वा लेवरको महिना महिनामा अन्य औजारको पनि भुक्तानी गर्न लगाउने निर्णय गरियो ।
५) वोर्डरल्याण्ड क्षेत्रको रिसोर्टको क्षतिको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बनेको समिति (क्षतिपूर्ति निर्धारण समिति) जिल्ला प्राविधिक कार्यालय आयोजना र वोडरल्याण्ड रिसोर्टको प्राविधिक गरी बनेको समितिबाट निर्धारण गरी छुट्याईएको रकम रिसोर्ट व्यवसायलाई भुक्तानी दिन आयोजना कम्पनी मञ्जुर भएको बारे छलफल गरियो ।
६) बिक्रम श्रेष्ठ लगाएतको समितिको विषयमा मूल्याङ सहित छलफल गरी सो सम्बन्धमा के गर्न सकिन्छ गर्नेबारे छलफल गरियो । सबै रोजगारी बाहेकको बिकल्प
७) आयोजना कार्यान्यन सरोकार समितिका मासिक बैठकको विषयमा प्रत्येक महिनामा बस्ने र आगमी बैठक असोज महिनाको पहिलो हप्ता बस्ने छलफल गरियो । साथै सामाजिक उत्तरदायित्व कार्यालयको बजेट पनि बिल भरपाई सरोकार समिमिा पेश गरी आ.व २०७८÷०७९ को बजेटको लागि पहल गर्ने निर्णय गरियो ।
आयोजनाले
सुरोज लामा मजदुरलाई भित्री गन्जी र पेन्टीको भरमा काम गराईरहेको वडा अध्यक्ष सुरोज लामाले बताए ।