
हेलम्बु गाउँपालिकाको प्रशंसनीय काम, घरघरमै वृद्वभत्ता

साउन ५, किउल (सिन्धुपाल्चोक) । यतिबेला जिल्लाका प्राय वैंकहरुमा सामाजिक सुरक्षा भत्ता लिनेहरुको चाप निकै बढेको छ । अझ असार मसान्त सम्म त सर्वसाधारणको बैंकमा पाईलो टेक्ने ठाउँ थिएन । सरकारले सामाजिक सुरक्षा वापत भत्ता लिनेहरुको अनिवार्य वैंक प्रणाली मार्फत लिनु पर्ने प्रावधान राखेसंगै स्थानीय तहका बैंकहरुमा सर्वसाधारणको चाप बढेको हो । यसअघि स्थानीय तहले आफैंले भत्ता वितरण गर्ने गरेकोमा पछिल्लोपटक बैंकिङ मार्फत वितरण हुन थालेपछि सर्वसाधारण निकै हैरानीमा परेका थिए । तर हेलम्बु गाउँपालिकाले भने सामाजिक सुरक्षा वापद आफ्ना नागरिकलाई भत्ता घर–घरमै पु¥याएको छ । गाउँपालिकाले वैंकिङ प्रणाली मार्फतनै उक्त भत्ता वितरण गरेको हो । गाउँपालिकाले यो भन्दा पहिले पनि बैंक आउन नसक्नेहरुको लागि घर–घरमा पुगेर खाता खोल्ने कार्य र भत्ता दिने काम भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
हेलम्बु गाउँपालिकाको सामाजिक सुरक्षा भत्ताको विषयमा सामाजिक संजालमा तस्बिर देख्दा भने आफुलाई दुःख लागेको उनले बताए । ‘यस्तो कुरामा हेलम्बु गाउँपालिका संवेदनशिल छ, सोही अनुसार अहिले पनि बैंकलाई समबन्धित वार्ड सँग समन्वय गरेर घर घरमा पुराउने ब्यवस्था मिलाएका छौं’, सामाजिक सञ्जाल फेसबुक मार्फत शेर्पाले भनेका छन् । गाउँपालिकालाई जानकारी नभएर अशक्त तथा वृद्ववृद्वालाई बैंकसम्म बोकेर ल्याएको प्रति हेलम्बु गाउँ पालिका अत्यन्तै संवेनशील भएको उनले बताए । यस्तो कुरा जानकारी हुने साथीहरूले आफ्नो टोलटोलमा खबर गरि ८० बर्ष माथीका केहि कारणले बैंक सम्म आउन नसक्ने हरुलाई घरमा घरमा मै पुराउने व्यवस्था भएको उनले सुनाए । पैसा झिक्न हतारमा वृद्ववद्वालाई बोकेर बैंकमा पु¥याउने काम नगर्न समेत उनले आग्रह गरे ।
असार १ गते मेलम्चीमा आएको बाढीले ठूलो जनधनको क्षति पुगेको हेलम्बुमा मानव बस्ती र सडकको अवस्था नाजुक हुँदा समेत घरघरमै पुगेर जनतालाई सेवा प्रदान गरिएको पालिका अध्यक्ष शेर्पाको दावी छ ।