पूर्व शिक्षकको रचनात्मक कार्य, जन्म उत्सवको अवसरमा अक्सिजन सहयोग

असार ३, चौतारा (सिन्धुपाल्चोक) । वर्ड डे अर्थात जन्म उत्सव भनेसी केक काट्ने, मिठाई बाँढ्ने र रमाईलो गर्ने प्रचलन छ । तर यस्तो प्रचलनलाई तोड्दै एक पूर्व शिक्षकले भने आफ्नो जन्म उत्सवको अवसरमा रचनात्मक कार्य गरेका छन् । ति पूर्व क्षिक्षक हुन चौतारा साँगाचोकगढी नगरपालिका १२ का दिपेन्द्र नेपाल । उनले आफ्नो जन्म उत्सवको अवसरमा कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनको लागि अक्सिजन सहितको सिलिण्डर सहयोग गरेका छन् ।
आज परेको जन्म दिनको अवसरमा अक्सिजन सहितको छ वटा सिलिण्डर चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ लाई प्रदान गरिएको गत स्थानीय निर्वाचनमा वडाअध्यक्षका उम्मेदवार रहेका नेपालले बताए । नेपालले यसअघि कोभिड संक्रमणको जोखिममा रहेका वडाका नागरिकलाई माक्स, सेनिटाईजर लगाएत स्वास्थ्य सामाग्री प्रदान गरेका थिए ।