प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा, मानव सांङलोले काठमाडौंलाई घेर्ने रणनीति
२ फागुन, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । जस अन्र्तगत नेकपाले राजधानीको मुटु मानिएको काठमाडौंको मध्यभाग भित्री रिङरोड (जमल, घण्टाघर, भद्रकाली लगाएत) लाई मानव साङलोले घर्ने रणनीति बनाएको छ ।
संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् । फागुन ६ गते एक घण्टा प्रगिममन, महंगी र भ्रष्टाचारको विरोधमा मानव साङ्गो बनाएर टुँडिखेल घेर्ने संघर्ष समितिले बताएको छ ।
७ गते सबै वडामा विरोध कार्यक्रम गर्नेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । यस्तै फागुन ८ गते काठमाडौंमा बृहत अन्तर्क्रिरया र ९ गते प्रतिगमन, महिला हिंसाको विरोधमा देशभर महिलाहरुको बृहत प्रदर्शन हुने उनले बताए ।
१० गते दलित मोर्चा र ११ गते उत्पीडित समुदायको अगुवाईमा प्रदर्शन हुनेछ भने १४ गते युवा र १५ गते किसान र सुकुम्बासीहरुको अगुवाइमा ¥याली प्रदर्शन गरिने संघर्ष समितिले जनाएको छ ।
यस्तै चितवन, दाङ, जनकपुर र नेपालगञ्जमा सभा गर्ने निर्णय भएको छ । तर चितवनमा १२ र दाङमा २१ गते सभा हुनेछ भने जनकपुर र नेपालगञ्जको मिति तोक्न बाँकी छ ।
यस्ता छन् संघर्षका कार्यक्रमहरुः
(१) २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम।
(२) २०७७ फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम । समय अपरान्ह ४ देखि ५ बजेसम्म ।
(३) २०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम।
(४) २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम।
(५) २०७७ फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम ।
(६) २०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम।
(७) २०७७ फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम।
(८) २०७७ फागुन ११ गते मधेशी, आदिबासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम ।
(९) २०७७ फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा।
(१०) संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता।
(११) २०७७ फागुन १४ गते काठमाडौंमा युवा ¥याली।
(१२) २०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम ।
स्मरण रहोस नेकपाका अध्यक्ष प्रचण्डले यसअघि मानव साङलोले सिंहदरबार र बालुटार घर्ने चेतवानी दिएका थिए । चौथो चरणको आन्दोलनले पनि ओली सरकार नगले मानव साङलोले सिंह दरबार र बालुवाटार घेर्ने सो पार्टीले जनाएको छ ।