
बागमति प्रदेश सरकारको लोकप्रिय कार्यक्रम, व्यवसाय गर्नेलाई १० लाख सहुलियत ऋण

मंसिर १९, हेटौंडा । बागमती प्रदेश सरकारले युवाहरुलाई लक्षित गरी रोजगारीको अवसर जुटाएको छ ।
कोरोना माहामारीबाट थिलथिलो बनेको अर्थतन्त्र र गुम्दै गएका रोजगारीका अवसरहरुबाट प्रदेशबासीलाई राहत दिन भन्दै प्रदेश सरकारले ३ अर्बको व्यवस्थापन गरेको बताएको छ । आर्थिक पुनरुत्थान कार्यक्रमको घोषणा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बिहिबार गरेका हुन् । हेटौडामा उक्त कार्यक्रमको उदघाटन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री पौड्यालले प्रदेशको यो कार्यक्रमले मानव जीवन नयाँ युग तिर प्रबेश गराउने लक्ष्य रहेको बताए ।
यसै बर्षभित्र खर्चगर्ने गरी छुट्याईएको सहुलियतपूर्ण ऋण कृषि बिकास बैक मार्फत उपलब्ध गराईने बागमति प्रदेशका अर्थ तथा विकास सभापति सरेश नेपालले जानकारी दिए । उनका अनुसार युवाहरुलाई लक्षित गरी छुट्याईएको सहुलियतपूर्ण ऋृण व्यवसाय गर्न चाहानेले १० लाख सम्म प्राप्त गर्नेछन् । उक्त ऋणको ब्याज प्रदेशले लिने छैन र बंैकले सेवा दिए बापत ३ प्रतिशत व्याज लिनेछ उनका अनुसार कृषिविकास बैंकसंग प्रदेश सरकारले हिजो नै सम्झौता गरेको हो । सोही प्रावधान अनुसार व्यवसायिक कर्जा ५ बर्षसम्म चलाउन पाईने ब्याबस्था कार्यबिधिले गरेको सभापति नेपालले बताए । त्यस्तै प्रदेश सरकारले रु ५ लाख सम्मको बिना धितो सहुलियत ऋण साना किसान लघुबित्त बिकास संस्था मार्फत उपलब्ध गराईने ब्याबस्था मिलाईएको उनले बताए ।
स्मरण रहोस युवा लक्षित कार्यक्रम ७ प्रदेश सरकार मध्ये बागमति प्रदेश सरकारले ल्याएको सबैभन्दा ठूलो कार्यक्रम हो । यसबाट प्रदेश भित्रका दुईलाख भन्दा माथि युवाहरुलाई रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ ।