नेकपाद्वारा जोखिम बस्ती स्थान्तरण सहितको अन्तरक्रिया बैठक सुरु

असोज १०, सुकुटे (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले जोखिम बस्ती स्थानान्तरण सम्बन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदन माथि पार्टी र जनप्रतिनिधि बीच अन्तरक्रिया बैक सुरु गरिएको छ ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० अन्र्तगत सुकुटे बीच क्याम्पमा आज बिहान ११ः५० बाट अन्तरक्रिया बैठक सुरु भएको हो ।
बाढीपहिरो र प्राकृतिक प्रकोपमा देशकै सर्वाधिक क्षति व्योहोरेको सिन्धुपाल्चोकमा जनधनको असुरक्षा बढिरहेको भन्दै नेकपा सिन्धुपाल्चोकले पहलकदमी सुरु गरिएको नेकपाका जिल्ला अध्यक्ष झम्क नेपालले सिन्धुज्वालालाई बताए ।
पार्टीले ‘जिल्ला प्राकृतिक प्रकोप अध्यायन न्युनिकरण तथा सहजीकण कार्यदल २०७७’ गठन गरिएको उनले जानकारी दिए । सोही कार्यदलले विपत्तीहरुको कारण खोजी गरी न्युनिकरणको उपायहरु समेत अध्यान गर्दै प्रतिवेदन तयार पारिएको र संघ, प्रदेश र स्थानीय सरकारहरु मार्फत त्यसलाई कार्यान्वयन लैजान सहजीकरण गर्न अन्तरक्रिया राखिएको उनले बताए । पार्टीका स्थायी समिति सदस्य अमृतकुमार बोहोराको प्रमुख अतिथिमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु, बागमति प्रदेशका मन्त्री, पार्टी निकट नैवटा गाउँपालिका प्रमुख तथा ३ वटा गाउँपालिकाका प्रतिनिधि लगाएत जनप्रतिनिधिीहरु सहभागी थिए ।
अन्तरक्रिया कार्यक्रममा कार्यदलका संयोजक नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज माधव सापकोटा ‘सुवोध’ ले प्रतिवेदन प्रस्तुत गरे संगै १२ वटा स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरुले आ–आफ्ना पालिकाका जोखिम सम्बन्धी धाररणा राख्नेक्रम जारी छ ।
यस्तो छ प्रतिवेदन

pratibedan