
सुनकोशी नदिमा पानीको बहाव बढ्दा रिसोर्ट जोखिममा

साउन ३०, सुकुटे (सिन्धुपाल्चोक) । सुनकोशी नदिमा आएको पानीको बहावको कारण त्यस आसपासका रिसोर्टहरु जोखिममा परेको छ ।
आज राती करिब ८ बजे र ३० मिनेट देखि बिहान ६ बजे सम्म आएको अबिरल बर्षाले सुनकोशी नदिको बहाव बढ्न गई सुनकोशी बीच क्याम्प रिसोर्टलाई क्षति पुगेको रिसोर्ट सञ्चालक अन्जान खड्काले सिन्धुज्वालालाई बताए । उनका अनुसार बीच क्याम्पको तार जाली मेशनरी वाल समेत बगाउँदा रिसोर्टको रुम, फर्निचर लगाएत भौतिक संरचनामा क्षति पु¥याएको उनले जानकारी दिए ।