१३ नम्बर वडाले थाल्याे घर-घरमा स्वास्थ्य जाँच

चाैतारा (सिन्धुपाल्चाेक) । चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १३ ले घर-घरमा सर्वसाधारणकाे स्वास्थ जाँच सुरू गरेकाे छ ।
काेराेना संक्रमित सम्भाव्यतालाई मध्य नजर गर्दै जनताकाे स्वास्थ्य जाँच गर्न सुरूवात गरिएकाे १३ नम्वर वडाका वडाअध्यक्ष रामप्रसाद गाैतमले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार अाजबाट सुरूवात गरिएको स्वास्थ्य जाँच साविकका सबै वडाकाबासीकाे गरिने छ ।

वडा विपद् व्यवस्थापन समितिकाे निर्णय अनुसार जनताकाे घर-घरमा पुगेर स्वास्थ्य जाँच गरिएकाे हाे ।
अाज पहिलाे दिन साविककाे ६ नम्वर वडाबाट सुरूवात गरिएकाे स्वास्थ्य जाँचमा ४ सय ४२ काे जाँच गरिएकाे वडा स्वास्थ्यचाैकीका अहेब अमृत तामाङले जानकारी दिए । उनका अनुसार वडा कार्यालयले सर्वसाधारणाकाे ज्वाेराे जाँच गरिएकाे थियाे । रूघाखाेकी लागेका विरामीलाई निशुल्क अाैषधी वितरण गरिएकाे उनले बताए । त्यस्तै मधुमेह , प्रेसर तथा दमका दृघराेगीहरूलाई स्वास्थ्य जाँच पछि पारिपारिक रेखदेखमा रहन र सचेतना अपनाउन सल्लाहा समेत दिएकाे उनले बताए ।
स्मरण रहाेस १३ नम्बर वडाले जिल्लामै पहिलाे पटक अाफ्नै पहलमा पहिलाे पटक १० वेडकाे क्वारेन्टाईन निमार्ण गरेकाे थियाे । क्वारेन्टाइन यथावत् राख्दै वडा कार्यालयले घर-घरमा पुगेर जनताकाे स्वास्थ्य जाँच सुरूवात गरेकाे हाे ।