डिउटीमा खटिएको प्रहरी माथि दुर्व्यवहार

बैशाख १२ भिमटार (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ मा रहेको काभ्रे सिपाघाट देखि सिन्धुपाल्चोक भिमटार छिर्ने पक्की पुलको सिमानामा खटिएको प्रहरी हवल्दार माथि दुर्व्यवहार भएको छ।
मोटरसाइकलमा सवार बाशुदेव अधिकारी र इच्छाराम दंगालले स्थानीय प्रहरी कार्यालय भिमटारका प्रहरी हवल्दार दया महत माथि दुर्ववहार गरेको हो।
सिमामा कडाइ गरिरहेको समयमा केही समय अगाडि केही व्यक्तिहरु मोटरसाइकलमा आएर लाम्खुट्टेको बिषादि लिन जान्छु भन्दै अनावश्यक निउ पारि लकडाउन उलङघन गर्दै सिपाघाट जान लाग्दा जान नदिएकोले उनीहरूले उनीहरूको मान्छेलाई जान नदिएको भन्दै बासुदेव अधिकारी र इच्छाराम दंगालले आफू माथि दुर्व्यवहार गरेको प्रहरी हवल्दार दया महतले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार अभद्र व्यवहार गर्दै तेरो दादागिरी भो तँलाई लेक पठाई दिन्छु डाडो कटाउछु मान्छे चिन भन्दै धम्की दिदै पावरको कुरा पनि गरेको उनले बताए ।
प्रहरी हवल्दार सिमानामा कडाइका साथ डिउटीमा खटिएको बेला बासुदेव अधिकारीले मोटरसाइकल चलाएको र इच्छाराम दंगाल पछाडि बसेको थियो । उनीहरू मोटरसाइकल कुदाएर ल्याएर प्रहरी हवल्दारको छेउमा रोकेर प्रहरी हवल्दार माथि अभद्र व्यवहार गरेको प्रत्येक्षदर्शी रामहरि दनुवारले सिन्धुज्वालालाई बताए ।
घटना बारे सत्य तथ्य बुझ्नका लागि हामीले इच्छाराम दंगाल सँग फोनवार्ता गर्दा केही माथिका हाम्रा भाईहरु आएका रहेछ उनीहरूलाई प्रहरीले रोकेर जान नदिएको हुदा हामीले प्रहरीलाई हाम्रा भाईहरु चिन्नु भएन रु जान दिनु भएको भए हुन्थ्यो भनेको हो। इच्छाराम दंगालले हामीलाई भने