हिमालयन ग्रेटट्रेल निर्माण दोस्रो चरणमा, ६० किमी पु¥याउने लक्षमा हेलम्बु गाउँपालिका

पुष ७, हेलम्बु (सिन्धुपाल्चोक)
‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गाउँपालिकाले ‘ग्रेट हिमालयन ट्रेल’(पदमार्ग) निर्माणलाई तीव्रता दिएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रस’वाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले सुरु गरेको सो पदमार्ग निर्माणमा पहिलो वर्ष सकिए संगै दोस्रो बर्ष सुरुवात गरिएको छ । करिब ६० किलोमिटर लामो पदमार्ग निर्माणको उद्देश्य सहित पहिलो वर्ष ११० मिटर सम्पन्न गरेको पालिकाले दोस्रो चरणमा बनाउने १ किलोमिटरको पर्यटन मार्ग (ग्रेटट्रेल) निर्माण कार्यको थालनी आइतबारबाट सुरुवात भएको छ । बुद्वपार्कबाट सुरुवात गरिएको उक्त ग्रेटट्रेलको शिल्यान्यास गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शोर्पाले गरेका हुन् । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणका रुपमा रहेको जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड लगाएत तीन ठाउँबाट जोड्ने पदमार्ग निर्माणकार्य तीव्र पारिएको हो । बजेटको अभावमा ग्रेटट्रेल निर्माणको काम वर्षैपिच्छे गर्नुपरे पनि केही बर्षमै सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए । हेलम्बु गाउँपालिकाको डाँडैडाँडा ६० किमी ग्रेटट्रेल निर्माणले फन्को मार्दा सो क्षेत्रमा रहेका बुद्विष्ट तथा हिन्दुहरुको तिर्थस्थल समेत पुगिने उनले बताए ।

अध्यक्ष शेर्पाका अनुसार स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले उक्त पैदल मार्ग निर्माण सुरु गरेको हो । वडा नं. ६ र १ को बिचबाट पहिलो चरणको कार्य सकिएको छ । त्यसपछि दोस्रो चरणामा वडा नः ३ को नागिडाँडाबाट सुरु गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

अध्यक्ष शेर्पाका अनुसार हेलम्बु हिमालयन ग्रेटट्रेल नामाकरण गरिएको उक्त मार्ग हेलम्बुु–३ को बुद्वपार्कबाट सुरु भएर सेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङ्गगुफा, सेमीसिदाङ्ग, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ ।
निर्माणको कुल लागत ९६ करोड अनुमान गरिएको छ । धेरै लागत लाग्ने भएकाले स्थानिय सरकारको बजेटले मात्र निर्माण कार्य सम्भव नभएपछि यस आर्थिक बर्षमा संघीय सरकारबाट १ करोड बिनियोजित भएकोले आयोजनालाई गति दिन सहयोग मिलेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
विगतमा हस्तकलाबाट पदमार्गको काम हुँदा निर्माण कार्यले खासै गति लिन नसकेपछि हाल ढुङ्गा काट्ने मेसिन समेत निर्माण पक्षले प्राप्त गरिसकेकाले निर्माण कार्यले गति लिने उनले बताए । द्रुत गतिमा पदमार्ग निर्माण गरिने योजना अनुरुप संघीय सरकारबाट प्राप्त रकमको छिटै टेण्डर गरि शेर्माथानबाट तेस्रो चरणको निर्माणकार्य सुरु गरिने समेत उनले जानकारी दिए ।
हेलम्बु नेपाल सरकारको पर्यटकीय दृष्टिले एकसयऔं गन्तव्यभित्र पर्न सफल देशकै मुख्य पर्यटकीय आकर्षक केन्द्र बनेको छ । पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा विभिन्न विकास निमार्णका साथै पर्यटकीय क्षेत्र बनाउने काम भईरहेको छ । हयोल्मो संस्कृति झल्कने आकर्षक एकीकृत बस्ती, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ड्यामले गर्दा पनि हेलम्बु यतिबेला निकै चर्चामा छ ।
स्मरणरहोस पहिलो मार्ग अन्तर्गत हेलम्बु स्थित बुद्धपार्क, सेर्माथाङ, ज्यामोथाङ, आमायाङ्ग्री, भेमटाङ ह’ँदै ग्याङजाला भञ्ज्याङमा गएर टुङ्गिने छ । त्यसैगरी दोस्रो चरणमा वडा नं ६ को इचोकस्थित घोप्टेग्याङ, पाकेडाँडा, ढाडेपाटी, सेमी सिदाङ ह’ुँदै ग्याङजालामै गएर टुङ्गिने छ । निर्माणकार्य सम्पन्न भएपछि दुवैतर्फबाट रसुवाको चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जान पनि सरल र सहज हुने अध्यक्ष निमाले बताए ।