इन्द्रावती ८ का वडा अध्यक्षको यस्तो छ प्रतिवद्वता, १५ शैयाको अस्पताल निर्माण गर्ने

मंसिर २४, ज्यामिरेमाने । इन्द्रावती गाउँपालिका वडा नं ८ बाट निर्वाचित वडा अध्यक्ष केदारनाथ आचार्यले आफुले वडामा १५ शैयाको अस्पताल निर्माण गर्ने बताएका छन् । गत मंसीर १४ गते भएको उपनिर्वाचनमा विजय प्राप्त गरेसंगै उक्त प्रतिवद्वता जनाएका हुन् ।
आईतबार सपथ ग्रहण गरेका वडाध्यक्ष आचार्यले आफु र आफ्नो पार्टी नेकपालाई बिश्वास गरेर अमुल्य मतदानका साथ विजयी गराउने सम्पूर्ण मतदाता, पार्टीका नेता कार्याकर्ता शुभचिन्तक, निर्वाचन कार्यमा संलग्न कर्मचारीहरु र सुरक्षा कर्मीहरु लगाएतलाई धन्यवाद दिए । वडामा तामाङ, नेवार, दलित र क्षत्रि ब्राह्मण लगाएतको मिस्त्रित बसोबास भएकोले सबैको भावनालाई आत्मसाथ गर्दै जनताको प्राथमिकता र आवश्यकता अनुसार विकासको काम बताए । ‘अव वडामा असल र सैद्धान्तिक राजनैतिक संस्कारको विकास गरी सभ्य र समृद्ध समाजको निर्माण गर्दै वडाको विकासमा दत्तचित्त भई लाग्नेछु’, निर्वाचित वडाध्यक्ष आचार्यले भने । निर्वाचन पूर्व जनतासमक्ष व्यक्त गरिएका प्रतिवद्धताहरु पुरा गर्नेगरी काम अगाडी बढाउने उनले बताए । उनका अनुसार उक्त वडामा सडक सुधार, बिद्युतीकरण सुदृढीकरण, खानेपानी, शिक्षा, एम्बुलेन्स सेवा, युवा रोजगार प्रवद्र्धन र धार्मिक सांस्कृतिक विकास यस पटकका निर्वाचनको मुख्य प्रतिवद्धताहरु हुन । यस बाहेक वडाबाट सम्पादन गर्नुपर्ने जनताको सेवा र दैनिक प्रशासन संचालन कार्यलाई चुस्त र प्रभावकारी रुपमा सम्पादन गर्न हर तरहले लाग्ने वडाध्यक्ष आचार्यले प्रतिवद्वता जनाए ।

मुलुकले पटक–पटक राजनीतिक परिवर्तन गरे पनि जनस्तरमा यथोचित राजनैतिक चेतनाको बिस्तार नहुँदा वडामा व्यक्ति केन्द्रित राजनैतिक संस्कारको धङधङी रहेको वडाअध्यक्ष आचार्यको कथन छ । जसका कारण हालसम्म सैद्धान्तिक राजनीतिले स्थान पाउन नसकेको उनको विश्लेषण छ । त्यस्तो अवस्थामा नेकपाको सान्दर जीत हुनु ऐतिहासिक भएको बताए । उक्त निर्वाचनमा उनीसंग प्रतिश्पर्धा गरेका निकटतम प्रतिद्वन्द्वी नेकाको उमेदवार राले तामाङ संग २७३ मतान्तर भएको थियो । उनले कुल ७१२ मत प्राप्त गरी बाजी मारेका थिए । नेकपा एकिकरण हुनुपुर्व २०७४ को स्थानीय तहको निर्वाचनमा नेका, एमाले र माओवादी केन्द्रबिच त्रिपक्षीय प्रतिष्पर्धा हुँदा आचार्य जम्मा ९ मतले मात्रै पराजित भएका हुन भने पार्टी एकिकरण पश्चात यसपटक उनले सहज जीत हासिल गरे । २०७४ को निर्वाचनमा निर्वाचित भएका वडाध्यक्ष धनबहादुर श्रेष्ठको २०७५ कार्तिकमा निधन भएकोले यो बर्ष उपनिर्वाचन भएको हो ।
नेपालको संघीय संरचना अनुसार साविक सिपापोखरे गाविसको वडा नं २, ३ र ९ लाई जोडेर बनाएको इन्द्रावती गापा वडा नं ८ मा २०४६ को राजनीतिक परिवर्तन पश्चातको व्यवस्था देखी २०६२÷२०६३ को आन्दोलन पश्चात प्राप्त लोकतन्त्र र त्यसैको जगमा प्राप्त गणतन्त्रात्मक व्यवस्था सम्म आउदा हालसम्म कुनै पनि वडामा कम्युनिष्ट पार्टीले जीत हासिल गर्न सकेको थिएन । नेकपाको लागि यो ऐतिहासिक सफलता प्राप्त भएको नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले बताए । ‘इन्द्रावती ८ अव नेकपाको किल्ला भएको छ, आम जनताको साथमा अव हामी यहाँको आर्थिक, सामाजिक र राजनैतिक विकासको लागि केन्द्रित हुनेछौं’, जिल्ला अध्यक्ष नेपालले भने, ‘अबका केही बर्षमा इन्द्रावती वडा न. ८ लाइ दीगो विकासको परिकल्पना र विस्तृत कार्ययोजना सहित नमुना वडाको रुपमा विकास गर्नेछौ ।’
उक्त वडामा अघोषित रुपमा पन्चायती शैलीकै नेतृत्व थिए भने कतिपय कृयाकलापहरु राणाकालिन अबस्थालाइ उजागर गर्ने किसिमको भएको एक स्थानीयको थिए । मुलुकले हासिल गरेको राजनीतिक परिवर्तनको कार्यभारलाई साविकका जनप्रतिनिधीहरुले आत्मासाथ गर्न नसकेकोले यस पटक आम मतदाताले नेकपालाई विश्वास गरी भारी मतान्तरका साथ विजयी बनाएको ति स्थानीयको दावी छ ।
स्मरण रहोस नेकपाका उम्मेदवार आचार्यले जित हाँसिल गरेपछि विशाल विजय ¥यालीका साथ बस्ती–बस्तीमा पुगेर मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । जनताले घडा, अबिर जात्रा, पुष्पगुच्छा, फुलमाला र खादाले भव्य स्वागत सहित बधाई दिएका थिए । विजय ¥यालीमा नेकपा केन्द्रिय सदस्य, पुर्व कानुन मन्त्री तथा प्रतिनिधी सभा सदस्य शेरबहादुर तामाङ, नेकपा केन्द्रिय सदस्य तथा ३ नं प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, केन्द्रिय सदस्य तथ पुर्व सभासद दावा तामाङ, केन्द्रिय सदस्य माधव सापकोटा ‘सुबोध’ नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल, जिसस सिन्धुपाल्चोक प्रमूख कृष्णगोपाल तामाङ लगाएत केन्द्र, प्रदेश, जिल्ला, गाँउपालिका र वडा स्तरका नेता कार्यकर्ताहरु सहित आम मतदाता तथा शुभचिन्तकहरु सहभागी थिए ।