
यस्तो छ सिन्धु कांग्रेसमा, मंगलादेवी सिंह स्मृति कार्यक्रममा कांग्रेस नेताद्वा नै काउन्टर

बाह्रबिसे (सिन्धुपाल्चोक), देशव्यापी जागरण अभियान थालेको नेपाली कांग्रेसले सोही बीचमा मंगलादेवी सिंह स्मृति कार्यक्रम ७७ वटै जिल्लामा सम्पन्न गरेको छ ।
कांग्रेसको भगिनी संगठन महिला संघको आयोजनामा जिल्ला जिल्लामा मनाईएको मंगलादेवी सिंह २३ औं स्मृति कार्यक्रम सिन्धुपाल्चोकमा भने कांग्रेस नेताले नै काउन्टर दिएका छन् । मंगलबार बाह्रबिसेमा गरिएको कार्यक्रमलाई कांग्रेका केन्द्रीय सदस्य बस्नेतले लामोसाँघुमा अर्को कार्यक्रम राखेर आफ्नै पार्टीको भगिनी संगठनलाई काउन्टर दिएका हुन् । उक्त स्मृति कार्यक्रमकी प्रमुख अतिथि रहेकी महिला संघकी केन्द्रीय महासचिव मन्जु खाँडले मंगलादेवी सिंह स्मृति कार्यक्रम रोक्न खोज्ने नेता बस्नेत कांग्रेसनै हुन नसक्ने ठोकुवा गरिन । त्यस्तै कार्यक्रममा तरुण दलका सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष दोर्जे लामाले मंगलदेवी सिंहको स्मृतिमा केन्द्रीय नेता बस्नेतले देखाएको व्यवहार जिल्लालाई मात्र नभई देशभरीका महिलाहरुको अपमान भएको ठोकुवा गरे ।
केन्द्रीय निर्देशन अनुसार महिला संघ महिला संघ सिन्धुपाल्चोकको आयोजनामा बाह्रबिसेमा गरिएको कार्यक्रममा नेता बस्नेत बाहेक जिल्लाका सबै नेता उपस्थित भएको महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गिता नेपाल ढुङ्गानाले बताईन । ’महिलाले गर्ने कार्यक्रम महिलालाई नै गर्न दिउँ भन्ने कुरामा मोहन दाई संग विवाद हुँदा उहाँले क्षेत्रीय समितिलाई निर्देशन दिएर सोही दिन लामोसांघुमा अर्काे कार्यक्रम आयोजना गर्नुभयो‘, जिल्ला अध्यक्ष नेपालले भनिन । उनले नेता बस्नेतले उक्त कार्यक्रमलाई बहिस्कार गरेर मंगलादेवी सिंह माथि अपमान गरेको उनले प्रतिक्रिया दिईन ।
सोही अवसरमा महिला संघको आयोजनामा तिज विशेष कार्यक्रम पनि गरिएको समेत उनले बताईन ।
स्मरण रहोस नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको स्मृति कार्यक्रम कांग्रेसले बर्षेनी गर्दै आएको छ । जन्म वि.सं. १९८१ मा काठमाडौंको न्हैकन्तलामा भएको मंगलादेवीको वि.सं. १९९७ मा गणेशमान सिंहसँग विवाहा भएको थियो ।
वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिईन । २००४ सालमा काठमाडौं म्हैमीमा भूमिगत सङ्गठनको रूपमा नेपाल महिला संघको स्थापना गरी अध्यक्ष रहकी थिईन । २००७ सालको क्रान्तिमा उनको ठूलो भूमिका रहेको पाईन्छ ।
श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरिएको थियो ।
२०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा सक्रिय भएकी सिंह २०४८ साल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएकी थिईन ।
’नारी संघर्षका पाइलाहरू’ नामक संस्मरणात्मक पुस्तक लेखेकी छन् । २ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको २०५३ साल भदौ १० गते निधन भएको हो ।