अरनिको राजमार्गको दिगो स्तरोन्नतिका लागि ७९.३६ मिलियन आरएमबी

जेठ ५, काठमाडौं । चीन सरकारले अरनिको राजमार्गको दिगो स्तरोन्नतिका लागि ७९.३६ मिलियन आरएमबी नेपाल सरकारलाई दिने भएको छ । अरनिको राजमार्ग मर्मत तथा सुधारका लागि चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी -चिनियाँ मुद्रा) अनुदान सहायता नेपाल सरकारले आजै स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्ताव बमोजिम उक्त […]
प्रगतिशील लेखक सङ्घद्वारा शान्तिवाटिकामा कविता बाचन

जेठ ३, काठमाडौं । प्रगतिशील लेखक सङ्घद्वारा सरकारको डोजर आतंक विरुद्व काठमाडौंको शान्तीबाटिकामा कविता बाचन सम्पन्न गरेको छ । सुकुम्बासी बस्तीहरूमा चलाइएको डोजर र त्यसबाट सिर्जित विस्थापनविरुद्ध रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार कवि तथा कलाकारहरूले कविता वाचनमार्फत सांकेतिक विरोध जनाएका हुन । काठमाडौँका थापाथली, सिनामंगल लगायतका क्षेत्रमा उचित विकल्प बिना नै संरचनाहरू भत्काइएको भन्दै प्रगतिशील लेखक सङ्घको […]
सुकुटेमा पहिलोपटक अपाङ्गता भएका व्यक्तिहरुले गरे सामूहिक ¥याफ्टिङ

जेठ २ (२०८३), सुकुटे । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय क्षेत्र सुकुटेमा ७० जना अपाङ्गता भएका व्यक्तिहरूले एकैपटक सामूहिक जलयात्रा (¥याफ्टिङ) गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुको यति ठूलो समुहले सामुहिक ¥याफ्टिङ गरेको सम्भवत पहिलो घटना भएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र सिन्धुपाल्चोकको आयोजनामा भएको यस साहसिक कार्यक्रमको मुख्य नारा “अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकता, पर्यटन र […]
सिन्धुपाल्चोकमा हाईड्रोपावर विरोधी गतिविधि बढ्दै, आन्दोलनको नाममा अराजकता

दिनेश दुलाल जेठ २, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा कालिका हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजनाविरुद्ध स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन् । माग पूरा गराउन भन्दै आन्दोलनकारीले अरनिको राजमार्गमा चक्काजाम सहित अवरोध गर्दा जनजीवन र यातायात प्रभावित भएको छ । स्थानीयले विरोध प्रदर्शन र चक्काजाम गर्दा अरनिको राजमार्गको बाह्रबिसे खण्ड […]
नेकपाले लामो भाषण गर्न र खादा मालाको प्रयोगमा रोक लगाउँदै

जेठ १ -२०८३), काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले लामो भाषण गर्न र खादामालाको प्रगोगमा बन्देज लगाउने भएको छ । सो पार्टीको हालै बसेको बैठक तथा कार्यक्रमको लागि नेकपाले तय गरेको कार्यविधिमा यस्तो किसिमको प्रावधान राखेको हो । सो पार्टीले जनाएअनुसार पार्टीको आन्तरिक तथा वाह्य कार्यक्रममा जो सुकैले पनि सम्बोधनका क्रममा लामो भाषण गर्न पाउने छैनन् […]
पर्यटकीय क्षेत्र सुकुटेमा पर्यटकको आगमन बढ्दै, दुई दिन बिदाले रिसोर्टहरु भरिभराउ

जेठ १ -२०८३), सुकटे । सरकारले लागू गरेको दुईदिने बिदाले पर्यटकीय क्षेत्र सुकुटे भरिभराउ भएको छ । शुक्रबार र शनिबार बेलुका आन्तरिक पर्यटकले सुकुटे भरिभराउ हुने गर्दथ्यो । तर अब आइतबार पनि विदा भएसंगै दुई दिने बिदाले सुकुटेमा रहेका होटल तथा रिसोर्टहरु भरिभराउ हुन थालेका हुन् । गर्मीयाम सुरु भएसँगै सुनकोसी किनारमा अवस्थित सुकुटे बजार […]
सशस्त्र प्रहरी बल १६ नम्बर गणद्वारा समुदाय विपत स्वयंसेवक तालिम

बैशाख ३१, खाडीचौर । जिल्लाको सुनकोशी गाउँपालिकामा समुदाय विपत स्वयंसेवक १९ दिने तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल १६ नम्बर गण हेडक्वाटर सिन्धुपाल्चोक र सुनकोशी गाउँपालिकाको संयुक्त आयोजनामा सुनकोशी गाउँपालिकामा वैशाख १० गतेदेखि २७ गतेसम्म सञ्चालन भएको हो । समुदाय विपद स्वयंसेवक तालिममा स्थानीय १९ जना व्यक्तिहरू सहभागी भएका थिए । भविष्यमा आइपर्ने […]
जुगल युथ हर्ट क्लब द्वारा वडास्तरीय भलिबल प्रतियोगिता

बैशाख ३१, कात्तिके । जिल्लाको जुगल गाउँपालिकामा वडास्तरीय भलिबल प्रतियोगिता २०८३ बिहिबार बाट सुरुवात भएको छ । जुगल युथ हर्ट क्लब द्वारा आयोजित जुगल गाउँपालिका वडास्तरीय भलिबल प्रतियोगिता २०८३ गाउँपालिका–४ कात्तिकेमा भएको हो । शुक्रबार सम्म सञ्चालन हुने उक्त भलिबल प्रतियोगितामा स्थानीय १२ टिम सहभागी हुने जनाइएको छ । उक्त प्रतियोगिता सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका […]
यस बर्षको एसईईमा सिन्धुपाल्चोकका ७ विद्यालयको नतिजा शून्य

बैशाख २९ -२०८३), चौतारा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा -एसईई) मा सिन्धुपाल्चोक जिल्लाका सात वटा विद्यालयको नतिजा शून्य आएको छ । सामुदायिक ती विद्यालयबाट साधारण तर्फ परीक्षामा सहभागी भएका कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । जस अनुसार जिल्लाका लिसंखुपाखर गाउँपालिकाका दुई, चौतारा साँगाचोकगढी नगरपालिकाको एक, बलेफी गाउँपालिकाको एक, भोटेकोशी गाउँपालिकाका दुई र हेलम्बु […]