जुगल युथ हर्ट क्लब द्वारा वडास्तरीय भलिबल प्रतियोगिता
बैशाख ३१, कात्तिके । जिल्लाको जुगल गाउँपालिकामा वडास्तरीय भलिबल प्रतियोगिता २०८३ बिहिबार बाट सुरुवात भएको छ ।

जुगल युथ हर्ट क्लब द्वारा आयोजित जुगल गाउँपालिका वडास्तरीय भलिबल प्रतियोगिता २०८३ गाउँपालिका–४ कात्तिकेमा भएको हो । शुक्रबार सम्म सञ्चालन हुने उक्त भलिबल प्रतियोगितामा स्थानीय १२ टिम सहभागी हुने जनाइएको छ ।

उक्त प्रतियोगिता सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका महासचिव ईश्वर गुभाजूको सहयोगमा भएको हो । व्यापार व्यवसायमा लागेका गुभाजू सामाजिक अभियान्ता समेत हुन ।

खेलकुद लगाएत थुप्रै क्षेत्रमा सहयोग पु¥याई सकेका गुभाजू त्याहाँका स्थानीय हुन । जनतालाई सहयोग गर्ने गुभाजूको लोकप्रियता निकै बढेको त्याहाँका एक स्थानीयले बताए ।






