जेठ १५, २०८३

नेपालको सुधारमुखी राजनीति र आधुनिक पूँजी बजार

नेपाल परिवर्तनको मोडमा उभिएको देश हो । दशकौंदेखि देशलाई पछाडि तानेको पुरातन सोच, राजनैतिक खिचातानी र कमजोर आर्थिक संरचनाबाट बाहिर निस्कने आकांक्षा अहिले समाजभर देखिन थालेको छ । नयाँ पुस्ताले केवल सरकार परिवर्तन मात्र होइन, सोच, प्रणाली र आर्थिक दृष्टिकोणमै परिवर्तन खोजिरहेको अवस्था छ । यही कारण सुधारमुखी राजनीति, आधुनिक अर्थतन्त्र र पारदर्शी वित्तीय प्रणालीप्रति […]

मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी “अभ्यास मनसुन–६” कार्यक्रम सम्पन्न

जेष्ठ १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीस्थित श्री इन्द्रध्वज गणको आयोजनामा “अभ्यास मनसुन–६” कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न वडाका वडाध्यक्षहरू, एन.सी.सी.का विद्यार्थी लगायतको उपस्थिति रहेको थियो […]

‘जुगल गार्डिएन्स’ १२ जनाको टोली जुगलको भ्यु प्वाइन्ट तर्फ जाँदै

दिनेश दुलाल जेष्ठ १४, काठमाडौं । जुगल गार्डिएन्सको टोली सिन्धुपाल्चोकको जुगल क्षेत्रमा पुरानै पर्यटकीय रुट पहिल्याउन ‘जुगल–एभरेस्ट भ्यु प्वाइन्ट’ तर्फ प्रस्थान गरेको छ । काठमाडौंबाट बुधबार हिडेको उक्त १२ जनाको टोली जुगल हिमालको पुरानै पदमार्ग (रुट) पहिल्याउन गौरव श्रेष्ठको नेतृत्वमा १२ जनाको टोली त्यस तर्फ प्रस्थान गरेको हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिमाल काठमाडौं […]

वाग्मति प्रदेश सरकारले युवाहरुलाई २ प्रतिशत व्याजदरमा ऋण दिने

जेष्ठ १४ भक्तपुर । वाग्मती प्रदेश सरकारले युवालाई लक्षित गर्दै आगामी बजेटमार्फत २ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने तयारी गरेको छ । शैक्षिक वा सीपमूलक तालिमको प्रमाणपत्रका आधारमा युवाले न्यूनतम १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागिएको वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बताए । भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बुधबार आयोजित ग्रान्ड ब्यूटी एक्स्पो […]

सिन्धुपाल्चोकका लिदी, पांगर्पु, बोल्दे र गुम्बा मोटरेबल पुलले जोडियो

जेठ १४, चनौटे । सिन्धुपाल्चोक जिल्लाका विकट गाउँहरू लिदी, पांगर्पु, बोल्दे र गुम्बा अब मोटरेबल पुलले जोडिएका छन् । ब्रम्हायणी नदीमा पक्की पुल निर्माण सम्पन्न भएसँगै यी गाउँहरूमा बाह्रै महिना सवारी साधनको पहुँच पुग्ने भएको छ । ५१ मिटर लम्बाई तथा ४.२ चौडाई रहेको ब्रम्हायणी नदीपुलको कुल लगानी ७ करोड रुपैयाँ लागत रहेको छ । […]

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेस्ट) द्वारा अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा शैक्षिक सामग्री वितरण

जेष्ठ ११, मेलम्ची ।‌ ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेस्ट) ले अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा आज शैक्षिक सामग्री –झोला, कापी, कलम, सिसाकलम,जेमेट्री बस्क, इरेजर, स्वीटर, ड्रेस कपडा,सिलाई ज्याला र अभिभावक सहयोग वितरण गरेको छ । आज मेलम्ची नगरपालिका भित्रका बालसुधार मावि, जलवाईदेवि मावि, लाभगाउँ आधारभूत विद्यालय, ज्योति भञ्ज्याङ आधारभूत विद्यालयमा सामग्री वितरण सम्पन्न […]

प्रगतिशील लेखक सङ्घद्वारा राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न

जेष्ठ १०, काठमाडौं ।‌‌ प्रगतिशील लेखक सङ्घले राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न गरेको छ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) को आयोजना तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आज राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले जेनजी आन्दोलनसँग सम्बन्धित कविता वाचन गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली […]

नेपाल पत्रकारको बार्षिक साधारण सभा सम्पन्न, शाखा सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान

निर्मल बस्नेत १० जेठ , चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको ३० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बार्षिक साधारण सभाको अवसरमा शाखामा रहेको पत्रकारहरुलाई विविध नामको सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो । जिल्ला शाखाको बार्षिक साधारण सभामा २ लाखको कल्याणकारी कोष स्थापना गर्ने घोषणा गरिएको छ । कोषबृद्धि गरि यो कार्यकालमा १० […]

बाह्रबिसे नगरपालिका–२ का वडाध्यक्ष रेशम तामाङ किर्ते आरोपमा पक्राउ

जेठ ७, बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका छन् । विवाहित पुरुषलाई ‘अविवाहित’ भएको गलत सिफारिस जारी गरेको आरोपमा वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका हुन् । समाचार स्रोतका अनुसार ती पुरुषकी श्रीमतीले आफ्ना श्रीमान् विवाहित भएको हुनाले त्यस्तो सिफारिस नगर्न वडा कार्यालयमा लिखित निवेदन दिएकी थिइन् । तर, वडाध्यक्षले उक्त […]